सिन्धुपाल्चोकमा बाढीले घरहरु डुबाए, भौतिक संरचनामा क्षति (भिडियोसहित) - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Global

सिन्धुपाल्चोकमा बाढीले घरहरु डुबाए, भौतिक संरचनामा क्षति (भिडियोसहित)

सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले घर, पुल, बाटोलगायत संरचनामा क्षति पुर्याएको छ भने कतिपय मानिसहरु हराइरहेका छन् ।

मंगलबार साँझ आएको बाढीले हेलम्बुमा रहेको शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बगाएको छ भने कैयौँ घरहरु डुबानमा परेका छन् । हालसम्म ४ जना मानिस बेपत्ता भएको पुष्टि भइसकेको छ भने यो संख्या अझै धेरै रहेको स्थानीय बताउँछन् ।

बाढीले मेलम्ची बजारमा क्षति पुर्याएको छ। पुल र सडकमा क्षति पुग्दा यातायात पनि ठप्प छ । मेलम्ची खानेपानी ड्याममा पनि क्षति पुगेको छ । नाकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल, बाहुनेपाटी पुल, ढाँडखोला पुलमा पनि क्षति पुगेको छ ।

मेलम्चीमा बसपार्क र नदी आसपासका क्षेत्रमा रहेका घर, टहरा बगाएको छ । अझै विस्तृत विवरण आउन बाँकी छ।

हेर्नुस् भिडियो

Your Opnion

//