पुलको गुणस्तरमाथि प्रश्न उठाउँदा इन्जिनियरलाई धम्की, डिपिआर र लागत अनुमान हराएको जानकारी ! - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
local government

पुलको गुणस्तरमाथि प्रश्न उठाउँदा इन्जिनियरलाई धम्की, डिपिआर र लागत अनुमान हराएको जानकारी !

सिराहाको बरियारपट्टी गाउँपालिका–२ श्रीपुरको डोरा नदीमा निर्माणाधीन हुलाकी राजमार्गको लिंकरोड–लहान–पतारी–खोक्सी सडक जोड्ने पुलको गुणस्तरमाथि प्रश्न उठाउँदा इन्जिनियरलाई धम्की आएको छ ।

पुल डेक सडकको लेभल भन्दा करिब ४–५ फिट तल रहेको र डिजाइन, लागत अनुमान र कुनै दस्तावेज गाउँपालिकासँग नरहेको अवस्थामा प्रश्न उठाउँदा आफूमाथि हातपातसमेत भएको इन्जिनियर निरज यादवले जनाएका छन् ।

नेशनल इन्जिनियर्स एसोसिएसन नेपाल सिराहा जिल्ला कार्य समितिका सह–कोषाध्यक्षसमेत रहेका यादव एसोसिएसनको विद्यानअनुसार सो पुलको निरीक्षणमा गएको, सूचनाको हकअन्तर्गत पुलको डिपिआर र लागत अनुमाग माग गरेको तर, वडाले सबै कागजात हराएको भनेको एसोसिएसनले जनाएको छ ।

साथै, वडाध्यक्षले गुण्डा लगाएर इन्जिनियर यादव र अन्य ब्यक्तिलाई हातापत गरेको समेत एसोसिएसनले जनाएको छ । एसोसिएसनले सो कार्यको भत्र्सना गर्दै सम्बन्धीत निकायबाट छानबीनको मागसमेत गरेको छ ।

एसोसिएसन प्रदेश २ का अध्यक्ष ई. तेज नारायण यादव र महासचिव ई. राधा कृष्ण साहले हस्ताक्षर गरेर यस ब्यहोराको पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान अयोग र जिल्ला प्रशासन तथा प्रहरी कार्यालय सिराहालाई समेत पठाएको छ ।

Your Opnion

//