कसले र किन लगाइरहेको छ २ महिनादेखि आइओईको डीन कार्यालयमा ताला ? - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

कसले र किन लगाइरहेको छ २ महिनादेखि आइओईको डीन कार्यालयमा ताला ?

शैक्षिक माफियाहरूको जालोमा परेर इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) खोक्रो हुँदै गएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ), पुल्चोक क्याम्पसले डीन कार्यालयमा लगाएको ताला अझै खुलेको छैन ।

आइओई डीन ई. प्रा. डा. शशीधर राम जोशीको कार्याकक्षमा विगत २ महिनादेखि लागेको ताला अझै नखुलेको नेविसंघ पुल्चोक क्याम्पसका अध्यक्ष बबिन बस्नेतले जानकारी दिए । इन्जिनियर्स पोस्टसँगको कुराकानीमा उनले आफ्ना माग पुरा नहुँदासम्म ताला नखुल्नेसमेत बताए ।

तोकिएकै समयमा नतिजा प्रकाशन गर्नुपर्ने, आँखा चिम्लेर प्रश्नपत्र छाप्ने र एकचोटी पनि नहेरी सिधै परीक्षा हलमा पठाउँदा बारम्बार गम्भीर त्रुटि देखिएकाले यस्तो लापरबाही बन्द गर्नुपर्ने, प्रयोगशाला, पुस्तकालय, कक्षा कोठाहरुको अवस्था सुधार गर्नुपर्ने र विभिन्न विभागहरुको आर्थिक हिसाब सार्वजनिक गर्नुपर्ने, २०७६ चैतमा भएको सम्झौताको प्रगति विवरण सार्वैजनिक गर्नुपर्ने माग राखेको छ ।

त्यस्तै, नेविसंघले अनाधिकृत व्यक्तिहरूलाई गोप्य तथा संवेदनशील कार्यबाट जिम्मेवारी मुक्त गर्नुपर्ने, प्रारम्भिक योजनाअनुरुप आइसिटिसी भवनलाई पुल्चोक क्याम्पसको इलेक्ट्रोनिक्स एण्ड कम्प्युटर डिपार्टमेन्टअन्तर्गत स्थानान्तरण गर्नुपर्ने, विभागमा सिसिटिभी क्यामरा जडान गरी सो विभागको विवरण प्रत्येक ६ महिनामा सार्वजनिक गर्नुपर्ने, संस्थाको ढुकुटिले तारे होटेलमा नाच्ने काम बन्द गर्नुपर्ने जस्ता माग राखेका छ ।

बबिनकाअनुसार डीन कार्यालयमा ताला लाग्दा पनि वार्ताका लागि जोडदार पहल नहुनुले आइओईको अवस्थाबारे छर्लङ्ग हुन्छ । डीनले चाहे यसलाई सजिलै समाधान गर्न सक्ने भए तापनि डीन वार्तामै बस्न नखोजेकोले समस्या समाधान नभएको बस्नेतको भनाइ छ ।

Your Opnion

//