इन्जिनियर तथा आर्किटेक्टका लागि स्वास्थ्यमन्त्रीको नाममा इन्जिनियर्स एसोसिएसनको पत्र - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

इन्जिनियर तथा आर्किटेक्टका लागि स्वास्थ्यमन्त्रीको नाममा इन्जिनियर्स एसोसिएसनको पत्र

नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) ले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई एउटा पत्र पठाएको छ । इन्जिनियर तथा आर्किटेक्टका लागि कोभिड–१९ विरुद्दको खोपको व्यवस्था गर्न माग गर्दै नेईएले आइतबार मन्त्रालयलाई पत्र पठाएको हो ।

कोभिडका कारण पूर्वाधार क्षेत्रमा ठूलो क्षति पुगेको, कैयौँ इन्जिनियर तथा आर्किटेक्टको निधन भएको र निजी तथा सरकारी क्षेत्रमा कार्यरत इन्जिनियर तथा आर्किटेक्टहरु साँझ–बिहान नभनी काममा खटिएको अवस्थाबारे जानकारी दिँदै नेईएले तत्काल उनीहरुलाई प्राथमिकतामा राखेर खोप दिन आग्रह गरेको हो ।

नेईएका अध्यक्ष ई. प्रा.डा. ज्ञिरत्न वज्राचार्य र महासचि ई. छवि राज पोख्रेलद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा अहिलेको विषम परिस्थितिमा राज्यद्वारा संचालित पूर्वाधार विकास क्षेत्रमा उच्च मनोबलका साथ आफ्नो कार्य क्षेत्रमा खटिएका इन्जिनियर तथा आर्किटेक्टलाई खोप उपलब्ध गराउन स्वास्थ्यमन्त्री समक्ष माग गरिएको हो ।

साथै, खोप वितरण कार्यक्रममा नेईएले सात वटै प्रदेशमार्फत सरकारसँग सहयोग तथा सहकार्य गर्न तयार रहेको बताएको छ ।

Your Opnion

//