पूर्वाञ्चल विश्वविद्यालयले विद्यार्थीको भविष्माथि नजरअन्दाज गरेको भन्दै अनेरास्ववियुको ध्यानाकर्षण - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

पूर्वाञ्चल विश्वविद्यालयले विद्यार्थीको भविष्माथि नजरअन्दाज गरेको भन्दै अनेरास्ववियुको ध्यानाकर्षण

पूर्वाञ्चल विश्वविद्यालयले गत वर्ष अनलाइन माध्यमबाट गराएको परीक्षाको परीक्षाफल हालसम्म सार्वजनिक नगरेको र बैशाख १३ गतेपछि स्थगित परीक्षाको विषयमा कुनै धारणा सार्वजनिक नगरेको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको छ ।

अनेरास्ववियुका केन्द्रीय सदस्यहरुद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा इन्जिनियरिङ, विज्ञान तथा प्रविधिलगायतका संकायका विद्यार्थीको भविष्यप्रति ख्याद गर्दै तत्काल परीक्षाफल प्रकाशन गर्न र रोकिएका परीक्षा संचालन गर्न माग गरिएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालालाई अनलाइनमार्फत बुझाइएको पत्रमा भनिएको छ, ‘बैशाख १३ गते स्थगित गरिएका परीक्षाको सन्दर्भमा हालसम्म कुनै निर्णय नआउनु आम विद्यार्थीको भविष्यमाथि नजरअन्दाज गरिएको कुराप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ ।’

पत्रमा अनेरास्ववियुका नविन निरौला, अशोक आङ्देम्बे, विश्वराज यादवले हस्ताक्षर गरेका छन् भने बोदार्थ उपकुलपति र सबै संकायका डीन कार्यालय रहेका छन् ।

Your Opnion

//