इन्जिनियरिङ शिक्षा क्षेत्रमा लामो समय खर्चिएका श्रेष्ठको निधन - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

इन्जिनियरिङ शिक्षा क्षेत्रमा लामो समय खर्चिएका श्रेष्ठको निधन

लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक तथा अक्षलोक मासिक पत्रिकाका प्रधान सम्पादक सिद्धिश्वरमान श्रेष्ठको निधन भएका छ ।

उनले लामो समय थापाथली क्याम्पसमा इन्जिनियरिङ विषयको अध्यापनसमेत गरेका थिए । उनी थापाथली क्याम्पसका अप्लाइड साइन्स विभागका प्रमुख थिए । उनको ७० वर्षको उमेरमा बिहीबार निधन भएको हो ।

काठमाडौंका अधिकांश इन्जिनियरिङ कलेजमा अध्यापनको अनुभव बटुलेका उनी इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) का निमित्त सहायक डीन तथा उप परीक्षा नियन्त्रक पनि भइसकेका ब्यक्ति हुन् । उनी थापाथली क्याम्पसबाट सेवानिवृत्त भएका थिए । उनले लामो समय इन्जिनियरिङ शिक्षाका लागि खर्चिएका थिए ।

उनका पत्रपत्रिकामा थुप्रै लेख रचना तथा पुस्तकहरु पनि प्रकाशन छन् । उनी साहित्यिक क्षेत्रमा पनि परिचित थिए । तेह्रथुममा जन्मिएका उनी पछिल्लो समय काठमाडौंमा कोटेश्वरमा बस्दै आएका थिए ।

Your Opnion

//