हरेक इन्जिनियरले थाहा पाउनै पर्ने संसारका शीर्ष ८ इन्जिनियरिङ प्रोजेक्ट - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Engineering

हरेक इन्जिनियरले थाहा पाउनै पर्ने संसारका शीर्ष ८ इन्जिनियरिङ प्रोजेक्ट

केही ठूला इन्जिनियरिङ प्रोजेक्टहरुले संसारमा नयाँ ट्रेन्ड बसालेका छन् । भौगोलिक, जलवायु परिवर्तन, नयाँ प्रविधिको प्रयोग, राजनैतिक संकट, आर्थिक अवरोध लगायत विविध चुनौतीको सामना गर्दै बनेका यी शीर्ष इन्जिनियरिङ प्रोजेक्टले अहिले पनि विश्वभरका इन्जिनियरहरुलाई प्रेरित गर्छन् ।

लार्ज ह्याड्रोन कोलाइडर कोलिडर, फ्रान्स र स्विजरल्याण्डको बोर्डर
संसारकै सबैभन्दा ठूलो र शक्तीशाली पार्टिकल यन्त्र लार्ज ह्याड्रोन कोलाइडर फ्रान्स र स्विजरल्याण्डको बोर्डर नजिक १०० मिटर दूरीमा अवस्थित छ । यो संसारको सबैभन्दा ठूलो र जटिल इन्जिनियरिङ प्रोजेक्टमा गनिन्छ । यो ल्याव टनेल २८ किलोमिटर क्षेत्रफल र १७५ मिटर गहिरो छ । युरोपियन अर्गनाइजेसनद्धारा निर्मित यो प्रोजेक्ट संसारका १०० भन्दा बढी मुलुकबाट करिब १० हजारभन्दा बढी इन्जिनियर र वैज्ञानिकहरुको सहकार्यमा बनाइएको थियो । न्युक्लियर रिसर्चका लागि बनाइएको यो संरचना सन् १९९८ देखि २००८ को बीचमा निर्माण गरिएको हो । गोलाकार आकारको यो प्रोजेक्ट कैयौ यन्त्र र चुम्बक राखेर बनाइएको छ ।

दि थ्री गर्जेज ड्याम, चीन
संसारको सबैभन्दा ठूलो हाइड्रोपावर प्रोजेक्ट हो, चीनको थ्री गर्जेज ड्याम । १.३ माइल क्षेत्रफल चौडाईमा फैलिएको र ६ सय फिट अग्लो यस ड्याममा ३२ वटा मुख्य टर्वाइन् छन् । यसले १८ न्युक्लियर पावर स्टेसनलेभन्दा बढि विद्युत् उत्पादन गर्छ । याङ्जे नदिको बाढि रोक्न बलियो बेसिन निर्माण गरिएको छ । यस ड्यामले चीनको आर्थिक उन्नतीमा सकारात्मक प्रभाव पारेको छ । यो ड्याम निर्माण गर्दा करिब १.३ मिलियनभन्दा बढी स्थानीय विस्थापित भएका थिए ।

गोथार्ड वेस टनेल, स्विजरल्याण्ड–इटाली
सन् २०१६ जुन १ मा उद्घाटन भएको यो टनेल डिसेम्बर ११ देखि सञ्चालनमा आएको थियो । गोथार्ड बेस टनेल संसारको सबैभन्दा लामो र गहिरो टनेल हो । स्विजरल्याण्डको आल्प्स (पर्वत) लाई छेडेर बनाइएको यस टनेलले स्विजरल्याण्डको जुरिच र इटालीको मिलान जोडेको छ । यस टनेलमा दुई वटा सिंगल ट्रयाक ट्युव समावेस छन् । जसले हरेक ३२५ मिटर प्यासेजहरु पार गर्छ । यो टनेल निर्माण गर्न १४ वर्ष समय लागेको थियो । टनेल निर्माणमा २५ सयभन्दा बढी कामदार खटिएका थिए भने निर्माणको क्रममा ९ जनाले ज्यान गुमाएका थिए । यसको लगानी ९.५६० विलियन डलर थियो ।

एन्डासोल सोलार प्लान्ट, स्पेन
संसारको सबैभन्दा ठूलो मानिने यो सोलार पावर स्टेसन दक्षिण स्पेनमा अवस्थित छ । करिब १२६ वर्ग क्षेत्रफलमा फैलिएको यस प्लान्टमा ६ लाखभन्दा बढी उच्च विशेषतासहितको सिसा जडान गरिएको छ । घाम नलाग्दा पनि उर्जा उत्पादन गर्न सौर्य उर्जा भण्डारण गर्न मोल्टेड साल्डको ट्यांक प्रयोग गरिएको छ । सुर्यको रेडियसनलाई सौर्य उर्जामा परिणत गरेर उक्त प्लान्ट सञ्चालन गरिएको छ । करिब ४ लाख ५० हजार भन्दा बढी स्पेनका बासिन्दालाई यस पावर प्लान्टबाट उर्जा वितरण गरिएको छ ।

टि थर्टी होटेल, चीन
जम्मा ३६० घण्टामा निर्माण सम्पन्न गरिएको टि थर्टी होटल चीनको लिन गाङ इन्डष्ट्रियल क्षेत्रमा अवस्थित छ । ३० तले अग्लो यो फाइभ स्टार होटल नयाँ स्ट्रक्चरल डिजाइन र प्रि फ्याब्रिकेसन निर्माण टेक्निकबाट निर्माण गरिएको हो । सो भवन अन्य क्षेत्रको भन्दा ५ गुणा बढी उर्जामैत्री छ । करिब ९ रेक्टर स्केलको भूकम्पले पनि भत्काउन नसक्ने गरि बनाइएको उक्त भवनमा उच्च गुणस्तरिय सामग्री प्रयोग गरिएका छन् । यो भवन सौर्य उर्जामा आत्मनिर्भर छ भने बाह्य वायु प्रदुषणबाट बच्न २० गुणा प्रभावकारी मानिएको छ ।

क्रसरेल, लण्डन
युरोपको सबैभन्दा ठूलो सिभिल इन्जिनियरिङ प्रोजेक्ट हो, क्रसरेल प्रोजेक्ट । लण्डनको सबैभन्दा महत्वाकांक्षी मानिएको यस यातायात प्रोजेक्टको अण्डरग्राउन्ड लाइन निर्माण गर्न मात्र ३० वर्षभन्दा बढी समय लागेको थियो । यसले लण्डनका विभिन्न क्षेत्रलाई जोड्छ । ढल निकास, रेल मार्ग लगायत जोड्ने यस प्रोजेक्टलाई हालसम्मकै सबैभन्दा उच्च गुणस्तरिय प्रोजेक्ट मानिन्छ ।

दि विग डिग, बोस्टोन
सेन्ट्रल आर्टट्रेको नामलेसमेत परिचित दि विग डिग हालसम्मकै जटिल र चुनौतिपूर्ण प्रोजेक्ट हो । शहरको ट्राफिक नियन्त्रण गर्न बनाइएको यो प्रोजेक्ट निर्माणको सबैभन्दा चुनौतीपूर्ण पाटो सुपरहाइवे निर्माण गर्नु रहेको मानिन्छ । एकातिर ट्राफिक चाप अर्कातिर निर्माण कार्य जारी राखेर यो प्रोजेक्ट बनाइको थियो । यो प्रोजेक्ट निर्माणको क्रममा जियोलोजी र उच्चस्तरिय इन्जिनियरिङ विधि प्रयोग गरेर बनाइएको थियो । हाल यो प्रोजेक्ट बढ्दो अपराधिक गतिविधि, उच्च लागत, चुहावट, कमजोर डिजाइन कार्यान्वयन र कमसल सामग्री प्रयोगजस्ता विभिन्न विवादहरुले ग्रस्त छ ।

दि मार्मेरि प्रोजेक्ट, टर्की
मार्मेरि प्रोजेक्ट पछिल्लो समयको संसारकै सबैभन्दा ठूलो यातायात प्रोजेक्टको रुपमा चिनिन्छ । पानी मुनिको रेल्वे टनेल भएको यस प्रोजेक्टले गेब्जा हेदारपासा र सिर्केसी हालकाली रेलवे लाइनहरु जोड्नेछ । इलेक्ट्रिकल र मेकानिकल कामको नमुना उदाहरणको रुपमा यस प्रोजेक्टलाई लिइन्छ । करिब ७६.६ किलोमिटर लामो यस अन्तरमहादेशीय टनेलले इस्तानबुल शहर र बोस्पुरस स्ट्रेट शहर मुनीबाट युरोप र एसिया जोड्नेछ । यसको निर्माण कार्य सन् २००४ मा सुरु भएको हो । सन् २००९ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले निर्माणमा ढिलाइ हँुदा यस प्रोजेक्टको पहिलो चरणको काम सन् २०१३ मा सम्पन्न भएको थियो । दोस्रो चरणको काम सन् २०१७ मा सुरु भएर २०१९ मार्चमा सम्पन्न भएको थियो । पानी र जमिनमुनी हुँदै बनेको यो प्रोजेक्ट हाल पूर्णरुपमा सञ्चालनमा आइसकेको छैन ।
एजेन्सीको सहयोगमा

Your Opnion

//