अब कहिले होला इन्जिनियरहरुको निर्वाचन ?, यसो भन्छन् नेईए महासचिव - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Nea election

अब कहिले होला इन्जिनियरहरुको निर्वाचन ?, यसो भन्छन् नेईए महासचिव

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा पुर्नस्थापना हुने या निर्वाचन हुने भन्ने विषय सर्वोच्च अदालतको निर्णयमा भर पर्छ । र, सोही निर्णयमा देशका समग्र इन्जिनियर तथा आर्किटेक्टहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) को निर्वाचन पनि अड्किएको छ ।

बैशाख २४ गतेका लागि तोकिएको निर्वाचन कोरोना महामारीका कारण रोकिएको थियो । अब सो निर्वाचन कहिले हुने भन्ने विषय देशको राजनीतिक अवस्थामा भर पर्ने नेईएका महासचिव ई. छवि राज पोख्रेल बताउँछन् ।

उनकाअनुसार यदि कात्तिकमा देशको निर्वाचन हुने अवस्था आएमा निर्वाचन आचारसंहिता लाग्छ र नेईएको निर्वाचन गर्न सक्ने अवस्था हुँदैन । तर, अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेको खण्डमा भने कोरोना महामारी साम्य हुनासाथ निर्वाचनको प्रक्रिया अघि बढ्छ ।

इन्जिनियर्स पोस्टसँग पोख्रेल भन्छन्, ‘लकडाउन खुलेपछि हामी एक पटक स्टेक होल्डरहरुको बैठक बोलाउँछौँ । त्यसपछि सबैको सहमतिमा निर्वाचन मिति तय गर्छौँ ।’

नेईए निर्वाचन भएमा अब भदौमा हुने सम्भावना छ । भदौमा नयाँ आर्थिक वर्ष सुरु भइसक्ने भएकाले त्यसपछिको निर्वाचन प्रक्रिया पनि सबै नयाँ नै हुन्छ । साथै, नयाँ सदस्यता तथा नविकरण पनि हुने भएकाले मतदाताको संख्यासमेत बढ्ने सम्भावना छ ।

यसअघि नेईएको ३३ औँ कार्य समिति, प्रदेश सभापति र नेईएबाट नेपाल इन्जिनियरिङ परिषद्मा प्रतिनिधित्व गर्ने ५ सदस्यहरुका लागि बैशाख २४ मा तोकिएको निर्वाचनमा २१ हजार ६ सय मतदाता थिए ।

Your Opnion

//