नेपालमै अक्सिजन सिलिन्डर उत्पादनको दोस्रो परीक्षण पनि सफल, अब छिट्टै उत्पादन हुने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

नेपालमै अक्सिजन सिलिन्डर उत्पादनको दोस्रो परीक्षण पनि सफल, अब छिट्टै उत्पादन हुने

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले नेपालमै गर्न लागेको अक्सिजन सिलिन्डर उत्पादनको दोस्रो परीक्षण पनि सफल भएको छ । अक्सिजन सिलिन्डरमा ५ सय बढी बार प्रेसर दिँदा पनि सिलिन्डरमा समस्या नभएपछि परीक्षण सफल भएको हो ।

अक्सिजन सिलिण्डरलाई क्षमताभन्दा बढी प्रेसर दिँदै जाँदा फुट्ने सम्भावना बढी हुन्छ । त्यसो हुन नदिन नास्टले उच्च क्षमताको परीक्षण सेटअप बनाएको थियो । अक्सिजन सिलिन्डरले धान्न सक्ने क्षमता कति छ भन्नेबारे थाहा पाउन पावर प्याक प्रयोग गरेर वर्कशपबाटै अक्सिजनका लागि प्रेसर दिइएको थियो ।

नास्टका प्राविधिक अधिकृत ई.डा. शंकर ढकालका अनुसार सिलिन्डरले ३७५ बार प्रेससम्म थाम्न सक्ने अनुमान लगाइएको भए तापनि ५ सय बार प्रेसर थामेको थियो । जति धेरै प्रेसर दियो सिलिन्डरभित्र त्यति नै अक्सिजन अट्छ । नास्टले डिजाइन गरेको अक्सिजन सिलिन्डर बनाउन प्रयोग गरेको सामग्री बाक्लो छ । ज्वइन्टहरु नदेखिने गरि जडान गर्न डिजाइन गरिएको छ । नास्टले बनाएको डिजाइनअनुसार अक्सिजन सिलिन्डरले कम्तीमा १५० केजी प्रतिसेन्टिमिटरसम्म अक्सिजन धान्छ ।

दोस्रो परीक्षण सफल भएसँगै नास्ट अब सिलिन्डर उत्पादनको चरणमा जाने तयारी गरेको छ । नेपालमै सिलिन्डर उत्पादन भएमा भारत र चीनमा निर्भर हुनु पर्दैन र सर्वशुलभ पनि हुनेछ ।

नास्टको अग्रसरतामा यसरी बन्दैछ नेपालकै पहिलो अक्सिजन सिलिण्डर

Your Opnion

//