कोरोना नियन्त्रणमा इन्जिनियरिङ समुदायको सामूहिक साझेदारी - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Others

कोरोना नियन्त्रणमा इन्जिनियरिङ समुदायको सामूहिक साझेदारी

नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) बागमती प्रदेशले सूचना प्रवाहीकरणका लागि ‘हेल्पलाइन एनपी डट ओरजी’ सञ्चालनमा ल्याएको छ । नेईएले शुक्रबार विज्ञप्ति जारी गर्दै कोरोनासम्बन्धी आधारभूत जानकारी तथा सूचनाको अभावका कारण विभिन्न समस्या उत्पन्न भएकाले सोबारे जानकारी दिन उक्त हेल्पलाइन सुरु गरेको हो ।

‘कोरोना महामारीको समयमा सूचना तथा जानकारीको अभावका कारण हामीले झेल्नु परेको विभिन्न समस्यालाई केही सहज बनाउने हेतुले आधारभूत अध्ययन गर्दै सूचना प्रवाहीकरणका लागि ‘हेल्पलाइन एनपी डट ओरजी’ सञ्चालनमा ल्याइएको छ,’ नेईए बागमती प्रदेशका अध्यक्ष ई. नन्दलाल बन्जाडे र सचिव ई. प्रदीप अधिकारीको संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ, ‘हाल कोभिड–१९ को महामारीबीच आवश्यक विभिन्न सेवा (अक्सिजन, एम्बुलेन्स, औषधि, खोप, हवाई सेवा आदि) सम्बन्धी सूच्ना तथा जानकारीहरूलाई एकीकृत तथा सहज तरिकाले महिँच पुग्नेगरी हेल्पलाइन एनपीको बेटा भर्सनको शुभारम्भ गरिएको छ ।’

यसका साथै नेईएले महामारीका बेला सबै पक्षको सहयोगलाई आत्मसाकथ गर्दै एकीकृत ढंगले बढीभन्दा बढी सेवा प्रदान गर्न सबै पक्ष एकबद्ध भई जुट्नसमेत अपिल गरेको छ । विज्ञप्तिअनुसार हाल विभिन्न समूह, संस्थाद्वारा सञ्चालित विभिन्न सेवाहरू जस्तै एमओएचपी कोभिड–१९, कोभिड कनेक्ट, प्लाज्मा कनेक्ट आदिसमेत यस पोर्टलबाट हेर्न र रिडाइरेक्ट गर्न सकिने बताइएको छ ।

Your Opnion

//