विद्युत् व्यापार विशाल ग्रुपलाई दिएर विद्युत प्राधिकरणलाई डुबाउने खेल, ट्रेड युनियहरूको विरोध - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Industry

विद्युत् व्यापार विशाल ग्रुपलाई दिएर विद्युत प्राधिकरणलाई डुबाउने खेल, ट्रेड युनियहरूको विरोध

ऊर्जा मन्त्रालयले विद्युत् प्राधिकरणको विद्युत् व्यापार विशाल ग्रुप (निजी क्षेत्र) लाई दिने प्रक्रिया अगाडि बढाएपछि प्राधिकरणका कर्मचारी ट्रेड युनियहरूले त्यसको विरोध गरेका छन् ।

उनीहरूले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ज्ञापनपत्र बुझाउँदै यदि विद्युत् व्यापार विशाल ग्रुपलाई दिएमा आफूहरु जुनसुकै कदम चाल्न तयार रहेको बताएका हुन् ।

प्राधिकरणको कर्मचारी कल्याण परिषद्का अध्यक्ष श्रीप्रसाद आचार्य, कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराई र राष्ट्रिय कर्मचारी युनियनका संयोजक रामेश्वरप्रसाद पौडेलले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जा मन्त्री र प्राधिकरणका सञ्चालकहरूलाई समेत दिइएको छ ।

प्राधिकरणको ‘कर्पोरेट डेभलपमेन्ट प्लान’ सञ्चालक समितिबाट पारित भइसकेको र आफ्नै सहायक कम्पनीको रूपमा ‘नेपाल विद्युत् व्यापार कम्पनी’ गठन गरिसकेको अवस्थामा त्यसलाई क्रियाशील गराउनुपर्नेमा प्राधिकरणको नगण्य सहभागिता रहने गरी विद्युत् व्यापार गर्न निजी क्षेत्रलाई दिने कदमले ऊर्जा क्षेत्रलाई अनिश्चिततामा ढकेल्ने बताइएको छ ।

पत्रमा भनिएको छ, ‘सारेकालवाला निकायसँग छलफल नै नगरी यस्ता गम्भीर विषय अघि बढाइए हामी कठोर कदम चाल्न बाध्य हुनेछौँ ।’ साथै, विभिन्न समयमा जलमाफियाको प्रभावमा परेर निहित स्वास्र्थ पूर्ती गर्ने काम भएको र आफूहरुले त्यस्ता प्रयास असफल पारेकाले उनीहरुले सम्बन्धीत पक्षलाई सचेतसमेत गराएका छन् ।

Your Opnion

//