स्ट्रक्चरल इन्जिनियरिङ कम्पनीलाई २ करोडभन्दा बढी जरिवाना - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
International

स्ट्रक्चरल इन्जिनियरिङ कम्पनीलाई २ करोडभन्दा बढी जरिवाना

टावर क्रेन दुर्घटना हुँदा अस्ट्रेलियाको एक स्ट्रक्चरल इन्जिनियरिङ कम्पनीले २ करोडभन्दा बढी जरिवाना तिर्नुपरेको छ । कम्पनीको क्रेन दुर्घटना हुँदा कामदार घाइते भएपछि कम्पनीले २ करोड ६१ लाख रकम जरिवाना तिर्नुपरेको हो ।
दक्षिण सिड्नीस्थित वोल्ली क्रिक स्ट्रिटको अपार्टमेन्टमा टावर क्रेन दुर्घटना हुँदा खसेर तीन कामदार घाइते भएका थिए । सन् २०११ मा पारित भएको वर्क हेल्थ र सुरक्षा ऐनअनुसार एनएसडब्लू जिल्ला अदालतले स्ट्रक्चरल इन्जिनियरिङ कम्पनी एस एन्ड टी सर्भिसेसलाई २ लाख २५ हजार डलर नेपाली रकम अर्थात् २ करोड ६१ लाख बराबरको जरिवाना तिर्नुपरेको छ ।
अनुसन्धान तथा नियमन निर्देशन विभागका कार्यकारी निर्देशक विलेरी ग्रिसवल्र्डले यस केसले निर्माण क्षेत्र र फिल्डमा हुने सुरक्षाका निम्ति कडा सन्देश दिने बताएका छन् ।
‘निर्माणका क्रममा कुनै पनि कामदार र सर्वसाधारणमा कुनै पनि कम्पनीका कारण चोट पुग्नु हामीलाई सहनीय छैन । यो सरासर कम्पनीको गैरजिम्मेवारीको कारण हुने गर्छ,’ उनले भनेका छन्, ‘हाम्रो इतिहासमा निर्माणका क्रममा भएका दुर्घटना र सुरक्षाका लागि इन्जिनियरिङ कम्पनीलाई सजाय स्वरूप जरिवाना तिराउनु परेको पहिलो पटक हो । किनकी डिजाइनरले संरचनाको जोखिम छैन भन्दै डिजाइन गरिएको थियो । जसका कारण क्रेन दुर्घटना भएको थियो । त्यसैले आगामी दिनका लागि यस दुर्घटनाले राम्रो सन्देश हुनेछ ।’
सन् २०१७ अगस्टमा टावर क्रेन तीन जना कामदारले सेट गरेका थिए । १८० डिग्री कोणमा फिट गरिएको क्रेन केही बेरमा अपार्टमेन्ट भवन र नजिकैको सडकमा खसेको थियो । ज्यान जोगाउन हाम फाल्ने बेला ती कामदार घाइते भएका थिए । यति मात्र नभई दुर्घटनापछि सयभन्दा बढी आवासी उक्त अपार्टमेन्ट भवनबाट केही दिनका लागि अन्तै सार्नु परेको थियो ।
त्यसपछि अनुसन्धान थालिएको थियो । लामो अनुसन्धानपछि अदालतले उक्त इन्जिनियरिङ कम्पनीको त्रुटीपूर्ण डिजाइनका कारण क्रेन असफल हुँदा सो दुर्घटना हुन पुगेको निष्कर्ष निकालेको थियो । र हालै उक्त कम्पनीलाई सो जरिवाना तिराएको छ । –एजेन्सी

Your Opnion

//