संसारकै ठूलो आर्किटेक्चर फर्मका संस्थापकको मृत्यु - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Architect

संसारकै ठूलो आर्किटेक्चर फर्मका संस्थापकको मृत्यु

संसारको सबैभन्दा ठूलो आर्किटेक्चर फर्मका संस्थापक आर्ट गेन्स्लरको ८५ वर्षको उमेरमा निधन भएको छ । उनको गत सोमबार अमेरिकाको क्यालिफोर्नियास्थित आफ्नै निवास मिल भ्यालीमा निधन भएको हो ।
१९३५ मा न्युयोर्क सिटीमा जन्मिएका गेन्स्लरले कर्नेल युनिभर्सिटी कलेज अफ आर्किटेक्चर, आर्ट एन्ड प्लानिङमा स्नातक पूरा गरेका थिए । सन् १९९५ मा उनले आफ्नी श्रीमतीसँग मिलेर ‘एम अर्थर गेन्स्लर’ फर्म स्थापना गरेका थिए ।
करिब ६ दशकभन्दा बढी समय बिताएका उनले विभिन्न प्रख्यात युनिभर्सिटी, होटल, गगनचुम्बी भवन, खेल मैदानलगायत संरचनाको डिजाइन गरेका छन् । मास्टर कनेक्टर नामले समेत चिनिने गेन्स्लरले स्थापना संसारका विभिन्न ५० वटा शहरमा शाखा विस्तार गरेको छ ।  उनको फर्ममा ५ हजारभन्दा बढी आर्किटेक्ट र इन्जिनियरले काम गर्दै आएका छन् । भवन डिजाइन र निर्माण क्षेत्रमा प्रख्यात उनको वार्षिक आम्दानी १.५ बिलियन अमेरिकी डलर रहेको छ ।
गेन्स्लरका सिईओ एन्डि कोहेलका अनुसार फेसबुक, एप्पल, न्युयोर्क टाइम्स, वासिङटन पोस्टलगायत संसारका ठूल्ठूला कम्पनीको इन्टेरियर डिजाइन गेन्स्लर फर्मले गरेका हुन् ।
संस्थापक गेन्स्लरको नेतृत्व एवम् डिजाइनमा सान फ्रानसिस्कोस्थित सेल्सफोर्स टावर, संसारको दोस्रो ठूलो साङघाइ टावर, सान फ्रानसिस्को अन्तर्राष्ट्रिय विमानस्थल, कोरियाको सियोल एयरपोर्टलगायत संसारका चर्चित भवनहरूको डिजाइन गरिएको थियो । –एजेन्सी

Your Opnion

//