कोरोनाका कारण इलेक्ट्रिकल ई. मोतीलाल मण्डलको मृत्यु  - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Nation

कोरोनाका कारण इलेक्ट्रिकल ई. मोतीलाल मण्डलको मृत्यु 

विराटनगर नगरपालिकामा बसोबास गर्ने अन्दाजी ४६ वर्षीय इलेक्ट्रिकल इन्जिनियर मोतीलाल मण्डलको कोरोनाका कारण मृत्यु भएको छ । शुक्रबार राति ४ बजे विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
मोतीलाल नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको प्रणाली सुदृढीकरण आयोजना विराटनगरमा कार्यरत थिए । १०/१५ दिन अगाडि सामान्य रुघाखोकी लागेर निको भइसकेको भए पनि केही दिनअघि अचानक श्वासप्रश्वासमा गाह्रो भएपछि अस्पताल भर्ना गरिएको उनका साथी ई. हरिराम पोखरेलले जानकारी दिए । उनले इन्जिनियर्स पोस्टलाई भने, ‘श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरियो । उपचारकै क्रममा उहाँको निधन भयो ।’
मण्डल नेपाल विद्युत् प्राधिकरणको कर्मचारी युनियनका केन्द्रीय सदस्यसमेत थिए ।   उनको परिवारमा श्रीमती, एक छोरा र छोरी छन् ।

Your Opnion

//