प्रधानमन्त्री ओली क्याबिनेटमा दोहरिए सबै पुरानै मन्त्री - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Nation

प्रधानमन्त्री ओली क्याबिनेटमा दोहरिए सबै पुरानै मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्याबिनेटमा पुरानै मन्त्रीलाई निरन्तरता दिएका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएपछि मन्त्रीहरुको शपथ भएको थियो ।

शितलनिवासमा भएको शपथ ग्रहणमा ओलीको क्याबिनेटमा दोहरिएका मन्त्रीले साविककै मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति छ ।

यसअघि विश्वासको मत गुमाएर पदमुक्त भएका ओली दलहरुले बहुमत जुटाउन नसकेपछि संसदको सबैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका हुन् । केही समयपछि उनले मन्त्रिमण्डलमा माधव कुमार नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई पनि समेट्ने बताइएको छ ।

Your Opnion

//