विद्युत प्राधिकरणले आफ्ना कर्मचारीलाई ५० प्रतिशतसम्म भत्ता दिने - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

विद्युत प्राधिकरणले आफ्ना कर्मचारीलाई ५० प्रतिशतसम्म भत्ता दिने

कोरोना कहरमा नेपाल विद्युत प्राधिकरणले निशेधाज्ञा अवधिभर कार्यालय बाहिरको काममा खटिने कर्मचारीलाई २० देखि ५० प्रतिशतसम्म भत्ता दिने भएको छ । निशेधाज्ञा लागू भएका जिल्लामा फिल्डको काममा खटिने कर्मचारीलाई प्राधिकरणले यस्तो व्उवस्था गर्न लागेको हो ।

नो लाइट, मिटर सिकायत तथा मर्मत संभारमा खटिने कर्मचारीलाई उनीरूको सुरु तलबको ५० प्रतिशत अतिरिक्त भत्ता दिने निर्णय भएको प्राधिकरणले बताएको छ ।

त्यस्तै, मिटर रिडिङ र विद्युत महशुल संकलन गर्न काउन्टरमा खटिने कर्मचारीले ३० प्रतिशत भत्ता पाउनेछन् । दैनिक ज्यालादारी, गोटागन्तीमा मिटर रिडिङ गर्ने तथा सेवा करारमा काम गर्ने कर्मचारीले पनि भत्ता पाउनेछन् ।

प्रसारण तथा वितरण लाइनका कर्मचारी, प्रणाली सञ्चालन विभाग, ग्रिड सबस्टेसन, वितरण सबस्टेसन एवं जलविद्युत केन्द्रको मर्मत संभार टोली तथा सिफ्ट ड्युटीमा खटिने कर्मचारी तथा दैनिक ज्यालादारी मजदुरले २० प्रतिशतसम्म भत्ता पाउनेछन् ।

विद्यतु प्राधिकरणमा हाल कामको क्षमता र आकारअनुसार २५ देखि ५० प्रतिशतसम्म सिमित कर्मचारी राखेर काम गरिरहेको छ । कर्मचारीले २४ घण्टामा ८\८ घण्टा र १२\१२ घण्टाको हिसाबले दिनरात काम गरिरहेका छन् । अफिस र घरबाटै पावरहाउस, सब–स्टेसनहरु, वितरण, ग्राहक सेवा, केन्द्रलगायतको काम तथा निगरानी प्राधिकरणका कर्मचारीहरुले गरिरहेका छन् ।

Your Opnion

//