पूर्वाधार आयोजनासँग छन् ४ हजार अक्सिजन सिलन्डर - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

पूर्वाधार आयोजनासँग छन् ४ हजार अक्सिजन सिलन्डर

देशभरका विभिन्न पूर्वाधार आयोजनासँग ४ हजारभन्दा बढी अक्सिजन सिलन्डर रहेको छ । हाल देशभर ६ हजारभन्दा बढी आयोजना छन् र तीमध्ये २ हजारभन्दा बढी आयोजनाले अक्सिजन सिलन्डर रहेको बुझिएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले २ हजारमध्ये हरेक आयोजनासँग २ वा सोभन्दा बढी सिलिन्डर रहेको जानकारी दिए । यसरी सिलिन्डर भएका आयोजनाबाट मात्र कम्तिमा ४ हजार सिलिन्डर अस्पताललाई हस्तान्तरण गर्न सकिने उनले बताए ।

वल्डिङ गर्नुपर्ने आयोजनाहरुमा प्रयोग गर्नका लागि अक्सिजन सिलिन्डर आवश्यक पर्छ । त्यसैले त्यस्ता आयोजनामा सिलिन्डर रहेका छन् । अध्यक्ष सिंहका अनुसार ती सिलिन्डर अस्पताललाई उपलब्ध गराउने प्रयास महासंघले सुरु गरिसकेको छ ।

अध्यक्ष सिंह भन्छन्, ‘आयोजनासँग भएका सिलिन्डरहरू स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारमार्फत नजिकका अस्पताललाई उपलब्ध गराउन हामीले अनुरोध गरिसकेका छौँ ।’

कोरोनाको दोस्रो लहर चलेसँगै नेपालमा यतिबेला अक्सिजन सिलिन्डरको अभाव छ । बिरामी अक्सिजन नपाएर छटपटाइरहेको अवस्थामा ४ हजार सिलिन्डर अस्पताल पुर्याउन सकियो भने धेरैको ज्यान बाँच्ने निश्चित छ ।

Your Opnion

//