हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता, यसरी हुनेछ व्यवस्थापन - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Bank

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता, यसरी हुनेछ व्यवस्थापन

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता भएको छ । मर्जरपछि बन्ने बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ रहने सहमतिमा बिहीबार हस्ताक्षर भएको हो ।

दुई बैंकले चाँडोमा ३ महिना र कारोना संक्रमणले अवस्था सहज नभएमा ढिलोमा ६ महिनासम्म एकीकृत कारोबारमा जाने तयारी गरेका छन् । अब दुवै बैंकको सेयर कारोबार भने रोक्का हुनेछ ।

दुई बैंक मर्जरपछि ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ बैंको कुल चुक्ता पुँजी करिब २७ अर्ब रुपैयाँ पुग्ने छ । बैंकको निक्षेप ३ खर्ब ११ अर्ब रुपैयाँ पुग्नेछ भने कर्जा २ खर्ब ८७ अर्ब रुपैयाँ पुग्नेछ । यसैगरी शाखा संख्या १५२ र कर्मचारी संख्या २५ सय भन्दा बढी पुग्नेछ ।

त्यस्तै, दुई बैंक रहेका मुख्य कार्यालयमध्ये एक स्थानबाट मात्र कार्यालय संचालन गरिनेछ । मर्जपछि बैंकको अध्यक्ष पृथ्वीबहादुर पाण्डे हुनेछन् भने सिईओ हिमालयनका अशोक राणा हुनेछन्। राणाको कार्यकाल सकिएपछि इन्भेष्टमेन्टका ज्योति पाण्डे सिईओ हुनेछन्। बैंकको संचालक समितिमा दुवै बैंकको तर्फबाट ३–३ जना संचालक नियुक्त हुनेछन् । नयाँ संचालक समितिले स्वतन्त्र संचालकको नियूक्त गरी जम्मा ७ जनाको संचालक समिति हुनेछ।

कर्मचारी व्यवस्थापनको सन्दर्भमा केही कर्मचारी कटौति हुनेछन् । साथै, स्वेच्छिक अवकाश लिन चाहनेलाई आकर्षक प्याकेज ल्याउने तयारीसमेत गरिएको छ ।

Your Opnion

//