नेईए बागमतीले गर्यो मानव जीवन रक्षाका लागि सबै इन्जिनियर–आर्किटेक्टमा यस्तो अपिल - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

नेईए बागमतीले गर्यो मानव जीवन रक्षाका लागि सबै इन्जिनियर–आर्किटेक्टमा यस्तो अपिल

नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए), बागमती प्रदेश कार्यकारिणी समिति कोभिड–१९ को महामारी नियन्त्रणमा होमिने भएको छ ।

हाल देशभर कोभिड संक्रमित बिरामी अक्सिजन अभावका कारण जीवनसँग लडिरहेको अवस्थामा नेईए बागमतीले सिलिण्डर संकलन गर्ने र औधोगिक क्षेत्रमा प्रयोग हुने स्वास्थ्य सिलिण्डरलाई स्वास्थ्य क्षेत्रमा प्रयोग गर्न चाहिने फ्लोमिटरसहितको रेगुलेटरको बन्दोबसत गर्न लागेको हो ।

यस कार्यमा सबै इन्जिनियर र आर्किटेक्टलाई जोडिनसमेत नेईए बागमतीले आग्रह गरेको छ । साथै, नेईए बागमतीले सबै क्याम्पस, उद्योग कलकारखाना, निर्माण व्यवसायीसँग भएको सिलिण्डर उपलब्ध गराउनसमेत माग गरेको छ ।

नेईए अध्यक्ष ई. नन्द लाल बञ्जाडे र सचिव ई. प्रदिप अधिकारीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘मानव जीवन रक्षाका लागि यहाँहरुले गर्नुभएको योगदानको उच्च सम्मानसमेत यस एसोसिएसनले गर्नेछ ।’

हेर्नुस्, विज्ञप्ति

Your Opnion

//