इन्जिनियरिङ अध्ययन संस्थान, पूर्वाञ्चल क्याम्पस धरानले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १२ थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर चलेसँगै अस्पतालहरुमा अक्सिजनको हाहाकार मच्चिएपछि क्याम्पसले आफूसँग रहेको प्रयोगबिहीन सिलिण्डर सहयोग गरेको हो ।
क्याम्पस प्रमुख ओम प्रकाश ढकालको पहलमा सो अक्सिजन सिलिण्डर सहयोग गरिएको क्याम्पसका असिस्टेन्ट प्रोफेसर भरोस यादवले इन्जिनियर्स पोस्टलाई जानकारी दिए । क्याम्पसले सो सहयोग नेपाल प्रहरीमार्फत गरेको हो ।
यस महामारीमा जगेडा रहेका सिलिण्डर अस्पताललाई उपलब्ध गराउँद कसैको ज्यान बच्न सक्ने भएकाले क्याम्पसले सहयोग गरेको र अन्य इन्जिनियरिङ कलेजहरुले पनि यसैगरी सहयोग गर्नुपर्ने यादवले बताए ।
Your Opnion