जहाज फसेपछि इन्जिनियरिङ विधिमार्फत स्वेज नहर विस्तार गरिदै - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
International

जहाज फसेपछि इन्जिनियरिङ विधिमार्फत स्वेज नहर विस्तार गरिदै

अन्तर्राष्ट्रिय सामुद्रिक व्यापारका लागि महत्वपूर्ण मानिने स्वेज नहर विस्तार गरिने भएको छ । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सीसीले स्वीज नहर विस्तार गर्ने निर्णय गरेका हुन् ।

गत मार्चमा स्वेज नहरमा एभर ग्रीन नामक जहाज करिब ७ दिनसम्म फस्दा उत्पन्न भएको ट्राफिक जामले संसारभर जलमार्ग हुँदै गरिने व्यापारमा ठूलो धक्का पुगेको थियो । आगामी दिनमा यस्तो समस्या उत्पन्न हुन नदिन इजिप्टका राष्ट्रपतिले सो निर्णय गरेका हुन् ।

स्वेज नहर प्राधिकरणका प्रमुख लेफ्टिनेन्ट जनरल ओसामा राबीले स्वेज शहर इस्लामियामा भएको एक कार्यक्रममा स्वेज नदि विस्तारको योजनाबारे पूर्ण जानकारी दिएका छन् ।

‘नहर विस्तारका लागि मुख्य इन्जिनियरिङ विधिमार्फत काम गरिनेछ’ प्राधिकरणका प्रमुख राबीले भनेका छन्, ‘नहर सुधार र विस्तारका लागि इन्जिनियरिङ डिजाइन र निर्देशनका आधारमा काम गरिने भएको छ । अब कुनै पनि जहाज फस्ने छैन र जहाजका क्याप्टेनले दु:ख पाउने छैनन् ।’

विस्तार योजनाअनुसार नहरको दक्षिण–पुर्वतर्फ ४० मिटर चौडाइ विस्तार गरिनेछ भने ७२ फिट गहिरो बनाइनेछ । नहर १२२ देखि १६२ किलोमिटरसम्म विस्तार गरिनेछ । सन् २०१५ मा खुलेको उक्त नहरको दोस्रो लेन ३० किलोमिटर लम्बाइ थियो भने ६६ फिट गहिरो थियो । विस्तारपछि उक्त नहरको लम्बाइ ८२ किलोमिटर लामो हुनेछ । आगामी दिन कुनै पनि जहाज नहरमा फस्न नसक्ने स्वेज नहर प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रमुख राबीका अनुसार आगामी २४ महिनाभित्र नहर विस्तार सम्पन्न गर्ने यस परियोजनाको लक्ष्य रहेको छ । मार्चमा उक्त जहाज फस्दा इजिप्टले १२ मिलियन देखि १५ मिलियन डलर आयश्रोत गुमाएको थियो ।

सन् २०१५ मा स्वेज नहर विस्तारको लागि इजिप्टले ८ विलियन डलर खर्च गरेको थियो । –एजेन्सी

Your Opnion

//