नेईए सुदूरपश्चिमले सुरु गर्यो अस्पतालमा अक्सिजन सिलिण्डर पुर्याउन सहयोग अभियान - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

नेईए सुदूरपश्चिमले सुरु गर्यो अस्पतालमा अक्सिजन सिलिण्डर पुर्याउन सहयोग अभियान

नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए), सुदूरपश्चिम प्रदेश प्रथम कार्यकारिणी समितिले कोरोना संक्रमको बढ्दो महामारीसँगै अक्सिजन सिलिण्डर संकलनका लागि आर्थिक सहयोग अभियान सुरु गरेको छ ।

सुदूरपश्चिम क्षेत्रमा हरेक अस्पतालले अक्सिजनको अभाव झेलिरहेको बताउँदै नेईए सुदूरपश्चिमले सिलिण्डर संकलन कार्य थाल्दै इन्जिनियरिङ समुदायसमक्ष सहयोगको अपिल गरेको हो । यसका लागि केन्द्रदेखि प्रदेश तहका विभिन्न इन्जिनियरिङ संगठनलाई पत्राचारसमेत गरिएको नेईए सुदूरपश्चिमका सभापति ई. लब प्रसाद जोशीले इन्जिनियर्स पोस्टलाई जानकारी दिए ।

सहयोग गर्न इच्छुकले नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए), सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर २४०१०१००००६९९ मा पैसा जम्मा गरिदिनसमेत नेईए सुदूरपश्चिमले आह्वान गरेको छ । कसैको सानो सहयोगले कसैको जीवन बच्न सक्ने भन्दै नेईए सुदूरपश्चिमले सबैमा सहयोगको अपिल गरेको छ ।

बुधबारसम्म ८२ हजारभन्दा बढी सहयोग संकलन भइसकेको छ । यो रकम अक्सिजन र सिलिण्डर खरिद गर्नमा खर्च गरिनेछ । ती सिलिण्डर सुदूरपश्चिमका अस्पतालहरुलाई उपलब्ध गराइनेछ ।

नेईए सुदूरपश्चिमले यसअघि पनि विभिन्न सामाजिक कार्यमा आर्थिक सहयोग गर्दै आइरहेको छ ।

Your Opnion

//