नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा खटिएका इन्जिनियरसहित १६ जनामा कोरोना संक्रमण - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा खटिएका इन्जिनियरसहित १६ जनामा कोरोना संक्रमण

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा खटिएका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्रोतले इन्जिनियर्स पोस्टलाई दिएको जानकारीअनुसार त्यहाँ कार्यरत इन्जिनियर, सब–इन्जिनियर, प्राविधिक र कामदारमा संक्रमण देखिएको हो ।

कोरोना संक्रमण माहामारी र लकडाउनका बीच पनि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्य दिनरात चलिरहेको छ । साइटमा दैनिक इन्जिनियर, सब–इन्जिनियर, प्राविधिक तथा कामदार गरेर ६ सय ५० जनाले काम गरिरहेका छन् । तीमध्ये करिब १ सय इन्जिनियर, सब–इन्जिनियर र प्राविधिक छन् ।

साइटमा १० कोठाको आइसोलेससमेत वार्ड छ । १० कोठामा जम्मा ३२ जना राख्न मिल्छ । १५ ओटा अक्सिजन पनि तयारीका साथ राखिएको छ । चिकित्सकीय टोलीको पनि व्यवस्था गरिएको छ । संक्रमितहरु सोही आइसोलेसन वार्डमा उपचाररात छन् ।

सन् २०२२ सम्ममा निर्माण कार्य सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । जापान सरकारको १५ अर्ब २८ करोड ऋण सहयोगमा सुरुङमार्ग निर्माणको काम अघि बढेको हो । परियोजनाको कूल लागत २० अर्ब ४० करोड हुने अनुमान जाइकाको छ ।

Your Opnion

//