४ वर्षसम्म स्कुल–कलेज नखोल्ने अवस्था आउन सक्ने, प्रविधिमैत्री बन्न सुझाव - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

४ वर्षसम्म स्कुल–कलेज नखोल्ने अवस्था आउन सक्ने, प्रविधिमैत्री बन्न सुझाव

स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय संयोजक रमेश भट्टराईको पहलमा कोभिड–१९ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कोभिडको समयमा शैक्षिक क्षेत्रको परिकल्पना र व्यवस्थापनका विषयमा भएको छलफलमा विज्ञहरुले आ–आफ्नो धारणा राखेका छन् ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम, सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन र शिक्षाविद् डा. विद्यानाथ कोइरालाले आ–आफ्नो धारणा राखेका थिए । गौतमले विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय खोल्न अझै ४ वर्ष लाग्न सक्ने धारणा राखे । अहिले अवस्था जटिल बन्दै गइरहेकाले विद्यालय संचालनमा अझै ४ वर्ष लाग्न सक्नेतर्फ संकेत गर्दै उनले अनलाइन प्रविधिमार्फत कक्षा संचालन गर्नुपर्नेमा जोड दिए । सबैभन्दा पहिलो मानिसको जीवन भएकोतर्फ सचेत गराउँदै उनले विद्यालयबाट संक्रमण घर–घरमा फैलने डर भएकाले सचेत हुनुपर्ने र त्यसका लागि प्रविधिमार्फत शैक्षिक गतिविधि संचालन गर्नु नै उपयुक्त हुने बताए ।

शिक्षाविद् डा. कोइरालाले सबै शिक्षकहरु प्रविधिमार्फत अध्यापन गराउन तयार हुनुपर्ने बताए । प्रविधिमैत्री शिक्षाका लागि सबैभन्दा पहिला शिक्षक प्रविधिमैत्री हुनुपर्ने बताउँदै उनले शिक्षहरुलाई थप अभ्यासका लागि सुझाव दिए । कोभिडको अवस्था लामो समयसम्म साम्य नहुने भएकाले वैकल्पिक विधिको तयारीमा लाग्नुपर्ने उनको धारणा थियो ।

सरूवा रोग विज्ञ डा. पुनले कोभिडका थुप्रै भेरियन्ट आउन सक्ने बताउँदै सचेत रहन सबैमा आग्रह गरे । उनले खोप लगाएका र नलगाएका दुवैलाई आफ्नो जीवनशैली परिवर्तन गरेर कोभिडबाट बच्नसमेत सुझाव दिए । उनले भने, ‘विद्यार्थी र शिक्षकमा भौतिक उपस्थितिमा कक्षा संचालन गर्दा जोखिम अझ बढी छ । त्यसैले यसतर्फ सचेत हुँदै विकल्पबारे सोच्नुपर्छ ।’

Your Opnion

//