भवन निर्माणस्थलमा झडप– वडाध्यक्षको औँला भाँचियो, जमिनबारे आ–आफ्नै तर्क - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
local government

भवन निर्माणस्थलमा झडप– वडाध्यक्षको औँला भाँचियो, जमिनबारे आ–आफ्नै तर्क

डोटी चेम्बर अफ कमर्सले आफ्नो नाममा रहेको जमिन माथिको शाखा सडक मिचेर भवन निर्माण गर्न खोजेको भन्दै स्थानीयले विरोध गरेपछि झडप भएको छ ।

भवन निर्माणस्थल पुगेर स्थानीयले आफूहरुको वर्षौ पुरानो चलनचल्तिको बाटो नमिच्न पटक–पटक आग्रह गरेका थिए । तर, कुनै सुनुवाइ नभएपछि स्थानीयहरु आफै काम रोक्न पुगेका थिए । स्थानीयले अस्थायी बाटो छाडेर भवन निर्माण गर्नुपर्ने बताउँदै आएका छन् ।

उता, चेम्बर अफ कमर्स डोटीका रोजेन्द्र जोशी भने भवन निर्माण गरिरहेको जग्गा सार्वजनिक र ऐलानी नभएर डोटी चेम्बरको नाममा दर्ता कायम रहेको जमिन भएको बताउँछन् । भन्छन्, ‘जहाँसम्म सार्वजनिक बाटोको कुरा छ, त्यो बाटो चेम्बरको जमिनदेखि दक्षिणतर्फ रहेको छ, प्रमाणका चाहिएमा नापी नक्सा हेर्नुहोला ।’

झडपमा दिपायल सिलगढी नगरपालिका–२ का वडा अध्यक्ष राजेन्द्र खड्का र स्थानीय युवा रोशन कठायत घाइते भएका छन् । वडाअध्यक्ष खड्काको हातको एउटा औंला भाँचिएको छ । चेम्बरले पनि सचिव तेज डुम्रेल र सदस्य राम विष्टलाई सामान्य चोट लागेको बताएको छ ।

वडाअध्यक्ष खड्काले यसअघि भवन निर्माण रोक्न जिल्ला प्रशासन, नगरपालिका र नापी कार्यालयलाई पत्राचार गरेका थिए । तर, नापी कार्यालयले भवन निर्माण क्षेत्र कि.नं. ३४० डोटी चेम्बर अफ कमर्सको नाममा रहेको र सोही जमिनमा अस्थायी सडक रहेको प्रतिवेदन सम्बन्धीत निकायलाई बुझाएको छ ।

चेम्बरले दिपायल सिलगढी नगरपालिका वडा नं. २ अन्तर्गत सेती किनार हुँदै पुल बजार, माझी टोल, दिसिनपा वडा नं. २, ३ र दिल्पेश्वर मावि जाने शाखा सडकमा रहेको जमिनमा भवन निर्माण थालेको स्थानीयको आरोप छ भने चेम्बरले नापी नक्शाअनुसार आफ्नो जमिन रहेको क्षेत्रमा भवन निर्माण थालेको बताउँदै आएको छ ।

Your Opnion

//