गज्जबको तथ्यांक– काठमाडौं उपत्यकामा हाल रहेका भन्दा धेरै अपार्टमेन्ट निर्माणाधिन (नामसहित) - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Development

गज्जबको तथ्यांक– काठमाडौं उपत्यकामा हाल रहेका भन्दा धेरै अपार्टमेन्ट निर्माणाधिन (नामसहित)

अपार्टमेन्टमा बस्ने संस्कृति विदेशीहरुको हो । व्यवसायी पुरुषोत्तमलाल तुल्स्यानले २०५१ मा बनाएको नक्सालस्थित ‘सुरज अपार्टमेन्ट’ लाई नेपालको पहिलो अपार्टमेन्ट मानिन्छ । त्यसयता नेपालमा पनि विगतको तुलनामा पछिल्लो समय अपार्टमेन्ट रोज्नेहरुको संख्या बढिरहेको छ । घरको अलावा अपार्टमेन्ट रोज्नेहरु मध्यम आयभन्दा बढी कमाई हुने परिवारका रहेका छन् । आकर्षक सेवा सुविधा, सहज व्यवस्थापन, पैसाको बचत, सुरक्षा, छोटो समयको विकल्प लगायत कारण घरबाट अपार्टमेन्टमा बसाई सर्नेहरु पनि छन् । २०७२ सालको भूकम्पपश्चात अपार्टमेन्टहरुको संख्यामा त्यति धेरै बृद्दि नभए तापनि यसप्रतिको आकर्षण भने घटेको छैन ।

उपत्यकाभित्र भएका अपार्टमेन्टहरु
शहरी विकास मन्त्रालयअन्र्तगत शहरी विकास तथा भवन निर्माण विभागले इन्जिनियर्स पोस्टलाई उपलब्ध गराएको तथ्याकंअनुसार काठमाडौंं र ललितपुर जिल्लामा निर्माण सम्पन्न गरेका र निर्माणाधिन अपार्टमेन्टहरुको कुल संख्या ६९ रहेको छ । जसमध्ये निर्माण सम्पन्न अपार्टमेन्ट ३० वटा रहेका छन् भने निर्माणाधिन अपार्टमेन्ट ३९ रहेका छन् ।

उक्त विवरणअनुसार काठमाडौंं जिल्लामा निर्माण सम्पन्न र निर्माणाधिन गरी जम्मा ५० वटा अपार्टमेन्ट रहेका छन् भने ललितपुर जिल्लामा १९ वटा अपार्टमेन्ट रहेका छन् । भक्तपुर जिल्लामा रहेका अपार्टमेन्टहरुको तथ्यांक भने विभागको विवरणमा उल्लेख छैन । त्यहाँका स्थानीय तहसँग बुझ्दा भक्तपुरमा अपार्टमेन्टलाई स्वीकृति दिइएको छैन ।

भूकम्पपछि अपार्टमेन्टको परियोजना भूकम्पअघिको तुलनामा कम छ । भूकम्पले भत्काएका र प्रक्रिया नपुगेर रोकिएका अपार्टमेन्टहरु हाल निर्माणाधिन अवस्थामा छन् । निर्माण सम्पन्न अपार्टमेन्टमा भने मानिसहरुले आवास स्वीकृति पाएका छन् । यसबाहेक मानिसहरुको आकर्षण हाउजिङहरुमा बढी रहेको छ ।

काठमाडौं उपत्यकाभित्र मात्र नभई उपत्यकाबाहिर पनि अपार्टमेन्ट र हाउजिङको आकर्षण बढिरहेको पाइन्छ । उपत्यकाबाहिरका मुख्य शहरहरु पोखरा, चितवन, बुटवल, झापालगायत क्षेत्रमा निर्माणाधिन र निर्माण सम्पन्न अपार्टमेन्टहरु छन् ।

अपार्टमेन्टसम्बन्धी कानुन
आवास सुविधामा उत्पन्न हुने विभिन्न समस्याको निराकरण र व्यवस्थित बसोबासको उद्देश्यसहित २०५४ सालमा अपार्टमेन्टसम्बन्धी पहिलो कानुन ‘संयुक्त आवासको स्वामित्व सम्बन्धी ऐन २०५४’ बन्यो । जसमा संयुक्त आवास भवन स्वतन्त्ररुपले उपभोग गर्न सकिने कुरा उल्लेख छ ।

यस्तै, नेपालको संविधानको धारा ३७ मा मौलिक हकको रुपमा आवासको हक स्थापित गरिएको छ । यसअन्र्तग प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक प्रदान गरिने र कुनै पनि नागरिकको स्वामित्वमा रहेको आवासबाट कानुन बमोजिमबाहेक हटाउन वा निकाल्न नपाउने व्यवस्था छ ।

संयुक्त आवासको स्वामित्व सम्बन्धी ऐन २०५४ बाहेक आवासको हकलाई सुरक्षित गर्न ‘आवासको अधिकारसम्बन्धी ऐन २०७५’ बनेको छ । जसअनुसार कानुनले निर्धारण गरेको मापदण्ड बमोजिम आवासको निर्माण तथा छनोट गर्न पाउने, आवासको अभावमा जीवन जोखिमयुक्त हुनबाट सुरक्षित रहनेलगायत अपार्टमेन्टसँग सम्बन्धित विषयको हक यस ऐनले प्रदान गरेको छ । संयुक्त आवासको स्वामित्व सम्बन्धि नियमावली २०६० मा पनि अपार्टमेन्टसम्बन्धी कानुनी व्यवस्था रहेको छ ।

यी हुन्, उपत्यकामा निर्माण सम्पन्न अपार्टमेन्टहरु
१. इन्द्रेणी अपार्टमेन्ट, काठमाडौं
२. पार्क भ्यू होराइजन, धापासी, काठमाडौं
३. पे्रष्टिज अपार्टमेन्ट, चण्डोल, काठमाडौं
४. इन्द्रेणाी अपार्टमेन्ट, काठमाडौं
५. सनराइज टावर्स प्रोजेक्ट, बिजुलीबजार, काठमाडौं
६. स्टाटस इन्क्ल्याभ, सानेपा, ललितपुर
७. कलश अपार्टमेन्ट, ताहाचल, काठमाडौं
८. अम्बे रेजिडेन्सी, चाबाहिल, काठमाडौं
९. टिसिएच टावर ३, काठमाडौं
१०. टिसिएच टावर ४, सितापाइला
११. मेट्रो अपार्टमेन्ट, कुलेश्वर, काठमाडौं
१२. मर्करी अपार्टमेन्ट, सानेपा ललितपुर
१३. सनराइज अपार्टमेन्ट, नख्खु ललितपुर
१४. रियो अपार्टमेन्ट, ज्वागल, ललितपुर
१५. कमलपोखरी अपार्टमेन्ट, काठमाडौं
१६. रिट्रिट अपार्टमेन्ट, काठमाडौं
१७. सेन्ट्रल पार्क अपार्टमेन्ट विशालनगर, काठमाडौं
१८. केएल रेसिडेन्सी अपार्टमेन्ट, काठमाडौं
१९. ग्य्राण्डी अपार्टमेन्ट, काठमाडौं
२०. सिटिस्वयाप अपार्टमेन्ट, ललितपुर
२१. वेस्टार अपार्टमेन्ट, ललितपुर
२२. इम्पेरियलकोर्ट अपार्टमेन्ट, ललितपुर
२३. ग्य्राण्डि अपार्टमेन्ट २, काठमाडौं
२४. सनसीटी १ अपार्टमेन्ट, गोठाटार, काठमाडौं
२५. सनसीटी २, काठमाडौं
२६. द रेजिहेन्सी अपार्टमेन्ट, ललितपुर
२७. डाउनटाउन अपार्टमेन्ट, ललितपुर
२८. वेस्टार ओएके अपार्टमेन्ट, काठमाडौं
२९.वेस्टार पिन अपार्टमेन्ट, काठमाडौं
३०. क्लासिक टावर अपार्टमेन्ट, ललितपुर

यी हुन्, निर्माणाधिन अपार्टमेन्टहरु
१. टि.सि. एच टावर २, लाजिम्पाट काठमाडौं
२. सनराइज होम्स, बालकुमारी ललितपुर
३. धुम्बाराही अपार्टमेन्ट, काठमाडौं
४. सनराइज टावर्स, धोविघाट, ललितपुर
५. सिग्नेचर अपार्टमेन्ट १, टेकु काठमाडौं
६. सिग्नेचर अपार्टमेन्ट २, टेकु, काठमाडौं
७. गुण कोलोनी, सिनामंगल, काठमाडौं
८. सनराइज टावर्स प्राजेक्ट, धोबीघाट, ललितपुर
९. भाटभटेनी अपार्टमेन्ट, काठमाडौं
१०. विनायक अपार्टमेन्ट, बालुवाटार
११. एल.पि. अपार्टमेन्ट, लाजिम्पाट
१२. एल.एल.पि अपार्टमेन्ट, पानीपोखरी, काठमाडौं
१३. अपार्टमेन्ट डि. ग्रान्ड, सोल्टीमोड, काठमाडौं
१४. ग्य्राण्ड अपार्टमेन्ट, धुम्बाराही
१५. ए.एन. अपार्टमेन्ट, अनामनगर काठमाडौं
१६. सिस्को अपार्टमेन्ट, काठमाडौं
१७. ओरियन्टल कोलोनी, काठमाडौं
१८. सिभिल अपार्टमेन्ट, सुन्धारा, काठमाडौं
१९. बागमति अपार्टमेन्ट शंखमुल, काठमाडौं
२०. पुल्चोक अपार्टमेन्ट, ललितपुर
२१. लाइफ स्टाइल अपार्टमेन्ट, सोल्टीमोड, काठमाडौं
२२. सनराइज विज पार्क, डिल्लीबजार, काठमाडौं
२३. आर्शिवाद अपार्टमेन्ट, ज्ञानेश्वर, काठमाडौं
२४. सानेपा हाइट्स अपार्टमेन्ट, ललितपुर
२५. सिल्भर सिटि लक्जरियस अपार्टमेन्ट, कालिकास्थान काठमाडौं
२६. इम्पेरियल अपार्टमेन्ट, काठमाडौं
२७. युनाइटेड बस्ती विकास अपार्टमेन्ट, ललितपुर
२८. एभरेष्ट अपार्टमेन्ट, काठमाडौं
२९. सिटि भ्यू अपार्टमेन्ट, ललितपुर
३०. सिभिल अपार्टमेन्ट कम्प्लेक्स, ललितपुर
३१. छाउनी अपार्टमेन्ट, काठमाडौं
३२. रिजेन्सी अपार्टमेन्ट, बबरमहल, काठमाडौं
३३. भेगास सिटी, ललितपुर
३४.सूर्या अपार्टमेन्ट, बत्तिसपुतली काठमाडौं
३५. वेस्टार स्काई लिभिङ अपार्टमेन्ट १, काठमाडौं
३६. वेस्टार स्काई लिभिङ अपार्टमेन्ट २, काठमाडौं
३७. सनसाइन अपार्टमेन्ट, सुकेधारा, काठमाडौं
३८. आनन्द ग्राम अपार्टमेन्ट, कीर्तिपुर
३९. भाटभटेनी अपार्टमेन्ट, काठमाडौं

(शहरी विकास तथा भवन निर्माण विभागअन्र्तगत योजना शाखाको यो तथ्यांक नेपालमा अपार्टमेन्ट ऐन २०५४ लागू भएदेखि हालसम्मको हो)

Your Opnion

//