इन्जिनियरिङ कलेजमा डाक्टर र मेडिकल कलेजमा इन्जिनियरले पढाउनु पर्ने ! - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

इन्जिनियरिङ कलेजमा डाक्टर र मेडिकल कलेजमा इन्जिनियरले पढाउनु पर्ने !

इन्जिनियरिङ कलेजमा डाक्टर र मेडिकल कलेजमा इन्जिनियरले पढाउनु पर्ने सुझाव इन्डियन इन्स्टिच्युट्स अफ टेक्नोलोजी (आइआईटी) र अन्य संस्थाका रिसर्चरहरुले दिएका छन् । उनीहरुले भारतका विभिन्न इन्जिनियरिङ कलेजहरुमा बायोमेडिकल इन्जिनियरिङ शिक्षाको विकास गर्नुपर्ने सुझावसहितको पत्र पेश गरेका हुन् ।

उनीहरुले ‘भारतमा बायोमेडिकल कार्यक्रमको भविष्य’ शीर्षकमा पत्र पेश गरेका हुन् । आइआईटी मद्रासका प्रोफेसर मनिभननको नेतृत्वमा आइआईटी दिल्ली, आइआईटी रुर्की, आइआईटी बम्बेलगायत श्री चित्र तिरुनाल इन्स्टिच्यूट फर मेडिकल साइन्स एण्ड टेक्नोलोजी र कलम इन्स्टिच्यूट अफ हेल्थ टेक्नोलोजी भारत सरकारसमक्ष सुझावसहित प्रस्तावित पत्र पेश गर्ने प्रक्रियामा छन् ।

‘बायोमेडिकल इन्जिनियरिङ एवम् मेडिकल इन्जिनियरिङमा इन्जिनियरिङ सिद्धान्त र डिजाइनको अवधारणा स्वास्थ्य उद्देश्यका लागि मेडिसिन र बायोलोजीको अवधारणा डिजाइन गरिएको हुन्छ’ रिसर्चको प्रस्तावित पत्रमा भनिएको छ, ‘जसले क्लिनिकल क्षेत्रको रोग पहिचान र विश्लेषणदेखि उपचार र रोग निर्मुल नभइन्जेल महत्वपूर्ण भूमिका खेल्छ । बायोमेडिकलमा विभिन्न प्रविधि जडान गरिएका हुन्छन् । विधार्थीलाई विविध कुरा थाहा हुन्छ । इन्जिनियरिङ र मेडिकल क्षेत्र एकअर्कासँग अन्तरसम्बन्धित छन् । कोरोनाले यसको महत्व झनै बढाइदिएको छ । त्यसैले थप दक्षताको लागि इन्जिनियरिङ कलेजमा डाक्टर र मेडिकल कलेजमा इन्जिनियरले पढाउनु आवश्यक छ ।’

गत हप्ता सार्वजनिक भएको उक्त पत्रमा भनिएअनुसार बायोमेडिकल इन्जिनियरिङ हालसालै मात्र अभ्यासमा आएको इन्जिनियरिङ विषय हो । यस विषयले पश्चिमा मुलुकहरुमा ठूलो बजार लिइरहेको छ भने माग अझै बढिरहेको छ । यदि हामीले पनि बायोमेडिकलका विधार्थी उत्पादन गर्न सकेमा भविष्यमा विधार्थीले मार्केटमा सहजै जागिर पाउनेछन् र यस्ता महामारीमा जुध्न हामीसँग पर्याप्त दक्ष जनशक्ती हुनेछ । बायोमेडिकल इन्जिनियरिङ शिक्षा दिएर दक्ष जनशक्ती उत्पादन गर्न सकेमा मेडिकल उपकरण तथा उपचार उपकरण उत्पादन लगायत महामारीसँग जुध्नुपर्ने चुनौतीमा सुधार ल्याउन सकिनेछ ।

साथै इन्जिनियरले मेडिकल कलेजमा पठाउन र डाक्टरले इन्जिनियरिङ संस्था तथा कलेजहरुमा पढाउनुका साथै दुवै क्षेत्रको विविध विषयमा रिसर्चमा सहभागी हुन र बायोमेडिकलको पाठ्यक्रम परिमार्जन गर्न विज्ञहरुले उक्त पत्रमार्फत प्रस्ताव गरेका छन् ।

भारतको विभिन्न आइआईटी संस्थाहरुमा नेपालका विधार्थीहरुले इन्जिनियरिङ अध्ययन गरिरहेका छन् । –द प्रिन्टबाट

Your Opnion

//