नेपाल र श्रीलंकाका निर्माण उद्योग सरोकारवालाबीच सहकार्यका लागि छलफल - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Industry

नेपाल र श्रीलंकाका निर्माण उद्योग सरोकारवालाबीच सहकार्यका लागि छलफल

निर्माण उद्योग सुदृढ र सहकार्यका लागि नेपाल र श्रीलंकाका सरोकारवालाबीच विभिन्न विषयमा छलफल भएको छ । ‘नेपाल र श्रीलंकाको निर्माण उद्योगबीच सहकार्य’ शीर्षकमा वेभिनारमार्फत दुवै मुलुकका सरोकारवालाहरुबीच छलफल भएको हो ।

नेपालस्थित श्रीलंकाको दूतावासले श्रीलंकाको निर्यात विकास बोर्ड (इडिवी) सँगको साझेदारीमा नेपालको निर्माण उद्योगका सरोकारवाला तथा विज्ञहरुसँग छलफल आयोजना गरेको थियो ।

छलफलमा इडिवीका अध्यक्ष सुरेश डि मेलले नेपालको निर्माण उद्योगलाई संयुक्त लगानीका लागि महत्वपूर्ण बजारका रुपमा वर्णन गरेका छन् भने श्रीलंकाको निर्माण उद्योगलाई अन्य अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सक्ने क्षमता रहेको बताएका छन् । साथै उनले हरित निर्माण, शहरी पूर्वाधार, हाइड्रोपावर र कम मूल्यमा आवास निर्माण क्षेत्रमा श्रीलंकाले विशेषज्ञता हासिल गरेको बताएका छन् ।

छलफलमार्फत श्रीलंकाकी राजदूत हिमाली अरुनाटिलकाले श्रीलंका र नेपालको मैत्रीपूर्ण सम्बन्धले गुणस्तरिय आर्थिक उत्पादनमा राम्रो अवसर प्रदान गर्ने र सहकार्य गरिनुपर्ने औल्याएकी छिन् । भवन निर्माण क्षमता, व्यापार सम्बन्ध, भवन निर्माणसम्बन्धी तालिमका अवसरहरु प्रदान गर्नेमा आफू आशावादी रहेको उनले बताएकी छिन् ।

छलफल कार्यक्रममा ठेकेदार संघ नेपाल, नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी फर कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फार्म (स्काफ) लगायतले नेपालको तर्फबाट आफ्नो विचार व्यक्त गरेका थिए । यी संस्थाहरुले नेपाली बजारको अवलोकन, सडक र यातायात विकासमा लगानीको अवसर, हाइवे तथा रेलवे, पानी तथा सरसफाई, स्मार्ट सिटी परियोजना लगायत भौतिक पूर्वाधार विकासमा अवलोकन गरि लगानीको अवसर जुटाउनुपर्ने विचार व्यक्त गरेका छन् ।

छलफलमा श्रीलंकाको निर्माण उद्योगका तर्फबाट मेजर कन्स्ट्रक्टर्स एसोसिएसन अफ श्रीलंका, स्मल हाइड्रो पावर डेभलपर्स एसोसिएसन, श्रीलंका इन्स्टिच्युट्स अफ आर्किटेक्ट्स र च्याम्बर अफ कन्स्ट्रक्सन इन्डष्ट्रिज अफ श्रीलंककालगायतको सहभागीता रहेको थियो । छलफलमार्फत श्रीलंकाका कम्पनीहरुको सफलता र प्राप्तीसँगै अन्तर्राष्ट्रिस्तरसम्म आफूहरुको पहुँचबारे बताएका थिए ।

दुई देशबीचको साझेदारीमा सहकार्य सुदृढ गर्न, निर्माण उद्योगको क्षमता बढाउन, प्राविधिक सहकार्य र संयुक्त लगानीबारे भएको छलफललाई दुवै पक्षले स्वागत गरेका छन् ।

Your Opnion

//