पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई आईआईटी मोडलमा संचालन गर्न सुझाव - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई आईआईटी मोडलमा संचालन गर्न सुझाव

नेपाल बैंकर्स संघले इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) को आंगिक पुल्चोक क्याम्पसलाई भारतको प्रतिष्ठित इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) मोडलमा संचालन गर्न सरकारलाई सुझाव दिएको छ ।

आगामी आर्थिक वर्ष ०७८–७९ को बजेटका लागि सुझाव दिँदै संघले अध्ययन संस्थाहरुलाई स्वायत्त तथा प्रतिष्ठित बनाएर आईआईटी मोडलमा लैजान सुझाव दिएको हो।

संघले पुल्चोक क्याम्पसलाई आइआईटी, शकंरदेव र मिनभवन क्याम्पसलाई भारतको इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र महाराजगञ्जको टिचिङ हस्पिटललाई भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सको रुपमा विकास तथा विस्तार गरेर सातै प्रदेशमा शाखा खोल्नुपर्ने सुझाव दिएको छ ।

संघले क्याम्पसहरुबाट उत्पादित जनशक्ति देश विकास लागि प्रयोग हुने भएकाले शिक्षालाई थप गुणस्तरिय तथा व्यवहारिक बनाउँदै लैजान संचालन मोडालिटीमा पसरवर्तन तथा सुधार आवश्यक रहेको भन्दै आगामी बजेटमा त्यसको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको हो ।

Your Opnion

//