३२ वर्षीय सब–इन्जिनियर थापाको कोरोना संक्रमणबाट निधन - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

३२ वर्षीय सब–इन्जिनियर थापाको कोरोना संक्रमणबाट निधन

सब–इन्जिनियर लक्ष्मण थापाको कोरोना संक्रमणका कारण निधन भएको छ । उनको संक्रमणका कारण बुधबार राति निधन भएको हो ।

उनी स्वास्थ्यमा समस्या आएपछि नेपालगञ्जको कोभिड अस्पतालमा भर्ना भएका थिए । बुधबार बिहानसम्म उनले सामाजिक संजालमा भिडियो सेयर गरेका थिए । तर, सोही दिन राति उनको निधन भएको हो ।

उनका मित्र इन्जिनियर मेघराज खत्रीका अनुसार कोरोना संक्रमित भई स्वास्थ्यमा समस्या आएपछि उनी ३ दिनदेखि अस्पतालमा उपचाररत थिए । उनलाई कुनै दिर्घ रोगसमेत थिएन ।

डिप्लोमा इन इलेक्टिङकल इन्जिनियरिङ गरेका थापा नेपालगञ्जस्थित आइएमई मोटर्समा कार्यरत थिए । ३२ वर्षीया थापाको एक छोरी र श्रीमती छन् ।

एक इन्जिनियरको कारोना अनुभव– म त बाँचे, तपाईंहरु नि यसरी बाँच्नुहोस्

Your Opnion

//