कोरोना संक्रमित इन्जिनियर बढ्दै, होसियार हुन संक्रमितको आग्रह - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

कोरोना संक्रमित इन्जिनियर बढ्दै, होसियार हुन संक्रमितको आग्रह

थुप्रै इन्जिनियरमा कोरोना संक्रमण देखिएको छ । सरकारी तथा नीजि क्षेत्रमा कार्यरत इन्जिनियरहरुमा संक्रमण देखिएको हो । दोस्रो लहर चलेसँगै ४ भन्दा बढी इन्जिनियरको संक्रमणका कारण निधन भइसकेको छ भने इन्जिनियर्स पोस्टको जानकारीमा आएअनुसार करिब २ सयभन्दा बढी इन्जिनियरमा संक्रमण देखिएको छ ।

तर, यो आधिकारिक संख्या भने होइन । इन्जिनियरिङका कुनै पनि आधिकारिक निकायसँग यसबारे एकीन तथ्यांक छैन । यो संख्या सामाजिक संजालमा आफूलाई संक्रमण भएको जानकारी दिने र संक्रमण भएर उनीहरुको साथी–सर्कलबाट थाहा भएकाहरुको संख्या हो । यीमध्ये केहीले १४ दिनको आइसोलेसन बसाई सकिसकेका छन् ।

मंगलबार मात्र इन्जिनियर्स पोस्टको फेसबुकमा साथी रहेका ३० भन्दा बढी इन्जिनियरले संक्रमित भएकोबारे सामाजिक संजालमा जानकारी दिएका छन् । केही इन्जियिनरले बाँच्ने आशा मरेको अवस्थामा जीवित हुन पाएको समेत उल्लेख गरेका छन् ।

गत साता एकै समूहमा घुम्न गएका ६ जना इन्जिनियरमा संक्रमण देखिएको थियो । त्यस्तै, इन्जिनियरहरुको अर्को समूहका ४ जनामा पनि संक्रमण देखिएको थियो । जसमध्ये एकको मृत्यु भएको छ ।

हाल संचालनमा रहेका विभिन्न प्रोजेक्टहरुमा कार्यरत इन्जिनियर, नेपाल विद्युत प्राधिकरणमा कार्यरत इन्जिनियर र हाइड्रोपावरमा कार्यरत इन्जिनियरहरु पनि ठूलो संख्यामा संक्रमित भएका छन् ।

इन्जिनियर सुधिर गुरागाईं लेख्छन्, ‘झण्डै १४ दिनदेखि निरन्तररुपमा कोभिड–१९ को दोस्रो संस्करणको रुपमा ज्वरो, खोकी, अक्सिजन लेवलमा कमी र फोक्सोमा देखिएको कोभिड निमोनियाको कारणले विगत ७–८ दिनदेखि नेपाल मेडिकल कलेज शिक्षण अस्पताल अत्तरखेलमा भर्ना भई उपचार गराइरहेकोमा हाल मेरो स्वास्थ्यमा सुधार भइरहेको हुनाले आज अस्पतालबाट डिस्चार्ज भएको जानकारी गराउँछु ।’

इन्जिनियर विजय पौड्याल लेख्छन्, ‘१० गतेदेखि थलिएको ज्यानमा कोभिडको एउटा लक्षण नछुटाइ पीडा भोग्न बाध्य भएँ । जे सुकै होस लगि पो हाल्छ कि भनेको थिएँ । दैवको आँट देखिएन । छिटै व्यवहारिक जीवनमा फर्कने छु । सबै जना सचेत हुनुस्, यो दुश्मनदेखि जोगिनु ।’

त्यस्तै, इन्जिनियर रेशम जंग सिंह लेख्छन्, ‘कोरोना महामारी सोचेभन्दा जटिल र खतरनाक छ है, मेरो अनुभवमा । सरकारद्वारा जारी गरिएको निषेधाज्ञाको पूर्ण पालना गरौं, आफू पनि सुरक्षित रहौँ र अरुलाई पनि सुरक्षित राखौं ।’

धेरै, इन्जिनियरहरुले कोरोना संक्रमणको अनुभवलाई जटिल मानेका छन् । त्यसैले, सबैलाई ख्याल गर्न उनीहरुको सुझाव छ ।

Your Opnion

//