मध्यभोटेकोसी जलविद्युत आयोजनाको आइपिओ खुल्यो - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Hydro

मध्यभोटेकोसी जलविद्युत आयोजनाको आइपिओ खुल्यो

साङ्केतिक

सिन्धुपाल्चोकबासीका लागि मध्यभोटेकोसी जलविद्युत कम्पनीको प्राथमिक सेयर (आइपिओ) आह्वान गरिएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि १८ लाख कित्ता र प्रभावित क्षेत्रबाहेक अन्यका लागि ४२ लाख कित्ता आइपिओ खुलेको हो।

न्यूनतम ५० कित्ता (५ हजार रुपैयाँ) र अधिकतम ४ सय (४० हजार रुपैयाँ) कित्ता सेयर खरिद गर्न पाइनेछ । आइपिओ आवेदन भर्ने समय चाँडोमा जेठ ४ गतेसम्म र ढिलोमा जेठ २० गतेसम्म रहेको छ ।

इसेवा र आफ्नो बैंक खाताबाट आइपिओ भर्न पाइनेछ । मध्यभोटेकोसी १०२ मेगावाट क्षमताको आयोजना हो । जसमा चिलिमे हाइड्रोपावरको ३८ प्रतिशत र नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत सेयर रहेको छ ।

आइपिओ आयोजना प्रभावित क्षेत्रकालाई इसेवाबाट भर्ने सुविधा भए तापनि मेरो सेयरबाट भर्ने सुविधा भने छैन । प्रभावित क्षेत्रबाहेककाले मेरो सेयरबाट पनि भर्न पाउनेछन् ।

Your Opnion

//