यी शहर जो आकाशबाट हेर्दा रंगीन देखिन्छन् - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Architect

यी शहर जो आकाशबाट हेर्दा रंगीन देखिन्छन्

सुन्दर र रंगीन शहरले संसारका पर्यटक, आर्किटेक्टहरु मात्र नभई जो कोहीको नजर तान्छ । यदि कुनै अग्लो स्थान तथा हवाईजहाजको झ्यालबाट तल हेर्ने हो भने रंगीन छानाहरुले बनेका विभिन्न आकारका शहरहरु देख्न सकिनेछ । कुनै पनि शहरको रंगीन डिजाइन कोर्नुको पछाडि कुनै न कुनै कारण हुन सक्छ । मौसम रणनीति, परम्परागत शैली, पर्यटक तान्न लगायत विभिन्नखाले आर्किटेक्चरल डिजाइनमा शहरहरु निर्माण गरिएका हुन्छन् । यहाँ संसारका ७ रंगीन आर्किटेक्चरको अवधारणा अंगालेका शहरबारे चर्चा गरिएको छ ।

१. न्यापल
इटालीको प्राचिन शहर न्यापलका भवनहरु विविध रंगले रंगाइएका छन् । यस शहरको एरियल तस्विरले विभिन्न रंगहरुको अर्थपूर्ण सम्मिश्रण देखाउँछ । न्यापल शहरका भवनहरुमा पोतिएका यी रंगहरुले विभिन्न कालखण्डमा निर्माण भएका भवनहरुको दृश्य जनाउँछ ।

२. बुरानो टापु
इटालीको भेनिसनजिकै अवस्थित बुरानो टापु संसारका सबैभन्दा बढी पर्यटक पुग्ने गन्तव्य हो । बहुरंगी घरहरु हेर्न वर्षेनी ठूलो संख्यामा पर्यटक र विभिन्न मुलुकका आर्किटेक्टहरु त्यहाँ पुग्ने गर्दछन् । बुरानो टापुका माछा मार्ने व्यक्तिहरु साँझ घर फर्किदा आफ्नो घर पहिचान गर्न सहज होस् र हुस्सु लागेको बेला नजिकबाटै सहजै घर देखियोस् भन्ने उद्देश्यले त्यहाँ बहुरंगी अवधारणासहितको घर बनाइएको बताइन्छ ।

३. लस पाल्मास
स्पेनको लस पाल्मास प्रान्त रंगीन घरहरुका नामले परिचित छ । पोष्ट कार्डहरु प्रचलनमा रहेको समयमा पाल्मासका घरहरुका तस्विर हुन्थे । गर्मीयाममा सुर्यको ताप कम परोस् र इन्टेरियर स्पेसमा असर नपरोस् भन्ने उद्देश्यले यस क्षेत्रका घरको छतमा वाटर तथा हिट प्रुफ रंग पोत्ने गरिन्छ ।

४. बैंकक
थाइल्याण्डको बैंककका विभिन्न ५० वटा जिल्लामा पनि लस पाल्मासजस्तै रणनीति अपनाइएको छ । सुर्यको ताप कम गर्न र घरभित्र तापक्रम कम गराउन यहाँको घरको छतका टायलहरुमा लाइट रंग पोतिएका छन् । यस्तोखाले अवधारणा सन् १९९७ मा पहिलो पटक सञ्चालनमा ल्याएको थियो ।

५. मोरोक्को
मोरोक्कोको कासाब्लान्सा शहरका घरहरु पनि आकाशबाट हेर्दा रंगीन देखिन्छन् । शहरको विविधता झल्काउन आर्किटेक्चरल विधिमा रंगीन भवनहरु बनाइएका हुन् ।

६. उज्बेकिस्तान
रातो, निलो र सेतो रंगमा देखिने यहाँका भवनहरुमा आर्किटेक्चरल विधिमात्र काफी छैन । यहाँको आर्किटेक्चर अवधारणाले भवनसँगै बगैंचा, रुख, नहरलगायत विषयलाई प्राथमिकतामा राखेको छ । जुन आकाशबाट हेर्दा स्पष्ट रंगीन देखिन्छ ।

७. बायोन्टन विच अमेरिका
अमेरिकाको फ्लोरिडास्थित बायोन्टन विचमा देखिने हरियो, रातो र सेतो रंग उचित योजनासहित निर्माण गरिएको शहरी योजना हो । प्राकृतिक र मानव निर्मित संयोजनसहित बनेको यस शहरी परियोजनालाई अग्लो स्थानबाट हेर्दा साच्चै मनमोहक देखिन्छ । –आर्क डेलीबाट

Your Opnion

//