अक्सिजन उद्योगमा डेडिकेटेड फिडरमार्फत विद्युत आपूर्ती गर्न सिडेनको माग - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Industry

अक्सिजन उद्योगमा डेडिकेटेड फिडरमार्फत विद्युत आपूर्ती गर्न सिडेनको माग

कोरोना संक्रमणको बिकराल अवस्थामा विद्युत आपूर्तीमा समस्या देखिएको भन्दै सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले ध्यानाकर्षण भएको जनाएको छ । कोरोना संक्रमणमा अक्सिजनको आवश्यकता पर्ने अवस्थामा विद्युतका कारण अक्सिजन उत्पादनमा समस्या पुगेको सिडेनको भनाइ छ ।

अक्सिजन उद्योगहरुमा विद्युत आपूर्तीमा अवरोध सिर्जना भइरहेको, विद्युत गुणस्तरमा ह्रास आई पटक–पटक अवरोध सिर्जना भएको प्रति सिडेनले नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।

सिडेनका महासचिव ई. रोशन राज गिरीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा यस्ता उद्योगमा डेडिकेटेड फिडरमार्फत विद्युत आपूर्तीको व्यवस्था गर्न प्राधिकरणलाई आग्रह गरिएको छ ।

Your Opnion

//