वरिष्ठ वातावरण इन्जिनियर सुर्यमान शाक्यको निधन - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

वरिष्ठ वातावरण इन्जिनियर सुर्यमान शाक्यको निधन

वरिष्ठ वातावरण इन्जिनियर सुर्यमान शाक्यको निधन भएको छ । ६५ वर्षीय शाक्यको सोमबार बिहान उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो ।

पर्यावरण संरक्षण परिषद्का पूर्व सदस्य सचिव रहेका शाक्यले नेपालको पर्यावरणीय क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरेका छन् ।

एकदशक लामो शिक्षा र अमेरिकी बसाइपछि उनी नेपाल फर्किएका थिए । नेपालको पर्यावरणीय क्षेत्रमा कुनै कानुन नभएको महसुस गरेपछि उनले त्यसका लागि लामो संघर्ष गरे । पछिल्लो समय उनी काठमाडौं विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरको रुपमा कार्यरत थिए ।

शाक्यले विभिन्न हाइड्रोपावर प्रोजेक्टहरुमा पर्यावरण इन्जिनियरको रुपमा युनिट प्रमुख भएर कामसमेत गरेका छन् । उनका थुप्रै, अध्ययन, अनुसन्धानहरु विभिन्न जर्नलमा प्रकाशित छन् ।

उनलाई नेपालमा वातावरण शब्द परिभाषित गर्ने ब्यक्तिका रुपमासमेत चिनिन्छ । उनी नेपालको पहिलो वातावरण इन्जिनियरमध्येका एकसमेत हुन् । काठमाडौं उपत्यकाको ठोस फोहर व्यवस्थापनमा समेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

शाक्यका २ छोरा,एक छोरी र श्रीमती छन् ।

Your Opnion

//