घरधनीले बिक्री गर्न नमानेका घरहरु, जुन अझै परियोजनाको बीचमै छन् - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
interesting

घरधनीले बिक्री गर्न नमानेका घरहरु, जुन अझै परियोजनाको बीचमै छन्

सडक, पुललगायत परियोजनाका लागि आफ्नो घर बेच्नु जो कोहीका लागि कठिन हुन सक्छ । नेपालको सन्दर्भमा पनि सडक विस्तार तथा पुल निर्माणको समयमा विभिन्नखाले अवरोध खडा हुने गरेका छ । एकातिर घरसँग अधिकांशको भावना जोडिएको हुन्छ भने अर्कातिर घर बिक्रि गर्नका लागि पर्याप्त पैसा नपाएको हुन सक्छ । संसारमा यस्ता घरधनी छन्, जसले आफ्नो घर बिक्रि गर्न र भत्काउन नमानेर सडक तथा पुल निर्माणमा अवरोध ल्याएका छन् । विभिन्न कारण सडक र पुलको बीचमै घर छाड्नु परेको छ ।

१. अष्टिन स्प्रिग्स
सन् १९८० को दशकतिर घरजग्गा बिजनेसले उचाइ लिएपछि वासिङटनस्थित एक शहरमा अष्टिन स्प्रिङ्ग्सले जग्गा किने । उत्कृष्ट अर्किटेक्चर डिजाइनमा घर बनाए र अफिस सञ्चालन गरे । त्यसको ४ वर्षपछि उनको घर भएको ठाउँमा सडक निर्माण गर्नुपर्ने भयो । निर्माणकर्ताले सडकका लागि १.५ मिलियन डलर दिँदा पनि उनले आफ्नो घर बिक्रि गर्न मानेनन् । लामो प्रयासपछि अन्तत: सन् २०११ मा उनले ७ लाख ५० हजार डलरमा सो घर बेचे ।

२. याङ्ग
चीनमा शहरी विकासले तीव्र रुप लिएपछि सडक तथा पुल निर्माणले द्रुत गति लियो । झट्ट हेर्दा विष्फोटमा परेर भत्किएजस्तो देखिने चीनको यिसे बे प्रान्तमा याङ्गको घर पनि शहरी विकासको चपेटामा पर्यो । पुल निर्माणका लागि उनको घर भत्काउनुपर्ने तथा अन्तै सार्नुपर्ने थियो । सन् २०१२ मा स्थानीय सरकार, इन्जिनियर तथा निर्माणकर्ताले गरेको लामो संघर्षका बाबजुद पनि याङ्गले न त आफ्नो घर भत्काउन माने न अन्तै सर्न । कुनै सीप नलागेपछि उनको घरमा पानी र बिजुली कटौती गरियो । याङ्गले उल्टो १ किलोमिटर टाढाबाट नदीको पानी ल्याएर जम्मा गरे भने उज्यालोको लागि मैनबत्ती बाल्न थाले ।

३. चाइनिज मोटरवे
पूर्वी चीनको सेन जिल्लाका लुओ नामक घरधनीले सडकको बीचमा परेको घर बिक्रि गर्न नमानेपछि चीनको मोटरवे (सडक) दुई भागमा विभाजन गर्नुपर्यो । सडक निर्माणपछि लुओको घर घुमेर गाडि कुदाउनु परेको छ ।

४. लुओ बाउजोन
चीनको जिओन् प्रान्तका एक दम्पतीले आफ्नो घर भत्काउन नमानेपछि उनको घर सडकको बीच भागमा छ । सरकारले घरको लागि दिने भनेको मूल्य पर्याप्त नभएपछि उनले घर छाड्न मानेनन् । सडक वरिपरिका घर भत्के पनि सडकको बीच भागमा सिर्फ लुओ दम्पतीको घर छ ।

५. ३६० डिग्री रोडसँगैको निल हाउस
यदि कुनै संरचना निर्माण गर्न सकिन्छ भने अवरोध खडा गरेको सम्पत्ति वरिपरि पनि निर्माण गर्न सकिन्छ भन्ने भनाइ इन्जिनियर र निर्माणकर्ताले दुरुस्तै अनुसरण गरेका छन् । चीनको एक प्रान्तका ३ चिनियाँ परिवारले ४ लेनको फ्लाई ओभरका लागि आफ्नो घर बिक्रि गर्न नमानेपछि इन्जिनियर र निर्माणकर्ताले ३६० डिग्री आकारमै सडक निर्माण गरिदिएका छन् ।

६. मिलियन डलर कर्नर
न्युयोर्कस्थित शपिङ मलका लागि मर्सी नामक घरधनीले आफ्नो जमिन र घर बिक्रि गर्न मानिनन् । सन् १९०० मा रोवर्ट एच स्मिथले ३ लाख ७५ हजार डलरमा भाडामा लिएर डिपार्टमेन्टल स्टोर सञ्चालन गरेका थिए । संसारकै ठूलो डिपार्टमेन्टल स्टोर भनेर चिनिने पाँच तले भवन ती घरधनीले बिक्रि गर्न मानिनन् । न्युयोर्कको रियल स्टेट इतिहासमा यो पहिलो पटक भएको घटना थियो ।

७. फार्म नछाड्दा
अकिकांश वासिन्दाले हाइवेका लागि आफ्नो जमिन र घर बिक्रि गरेर निर्माण अनुमति दिए । तर एक कृषक दम्पतीले भने आफ्नो कृषि फार्म छाड्न मानेनन् । ७५ वर्षीय येन र उनकी ७२ वर्षीय श्रीमती सेनले स्थानीय सडक विभागले सम्पती छाड्न दिएको पैसा अपुग भएको भन्दै अन्त जान मानेनन् । अन्तत: बीच सडकमा रहेको उक्त घर र कृषि फार्मममा ती दम्पतीले बाख्रा फार्म खोलेका छन् । सानातिना गाडीहरु सहजै पास भए पनि ठूला गाडीहरुको लागि भने सो फार्म अवरोध बनेको छ ।

८. जापानीज एयरपोर्टको बीचमा फार्म
जापानको नरिता एयरपोर्ट निर्माणको क्रममा किसानहरुले आफ्नो जमिन बिक्रि गर्न नमानेपछि उक्त एयरपोर्टको मध्य भागमा कृषि फार्म राखेरै एयरपोर्ट सञ्चालन गर्नुपरेको छ । उक्त एयरपोर्टमा दैनिक ९० वटा प्लेनहरु सञ्चालन हुन्छन् । रनवेको छेउमै रहेको उक्त कृषि फार्म र एयरपोर्टका कारण विभिन्न समस्या निम्तिएपछि एयरपोर्ट वरिपरिका वासिन्दा आन्दोलनमा उत्रिए । जसको लागि जापानी इतिहासमा दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो आन्दोलन भएको मानियो । उक्त मुद्धा अदालतसम्म पुग्यो । करिब १३ व्यक्तिको आवासका सुरक्षाको लागि करिब ३९ वर्ष समय लाग्यो । र, अन्तत: सन् २००५ मा १३ व्यक्तिको पक्षमा अदातले फैसला सुनायो । –एजेन्सीको सहयोगमा

Your Opnion

//