सबै सरकारी सेवालाई एकै ठाउँमा उपलब्ध गराउने प्रयास भइरहेको छ– प्रधानमन्त्री - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Technology

सबै सरकारी सेवालाई एकै ठाउँमा उपलब्ध गराउने प्रयास भइरहेको छ– प्रधानमन्त्री

चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ लाई रुपान्तकारी आयोजनाको रूपमा अघि बढाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवसका अवसरमा आइतबार आयोजित भर्चुअल कार्यक्रमबीच उक्त जानकारी दिएका हुन् ।

उक्त आयोजनाअन्तर्गत डिजिटल फाउन्डेसनलगायत शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, शहरी पूर्वाधार, वृत्तसहित ८० ओटा डिजिटल पोर्टल निर्माण गरिएको छ । कार्यक्रममा सूचना प्रविधि सम्बन्धी विधेयक संघीय संसद्मा पेस भइसकेको बताउँदै प्रधानमन्त्री ओलीले औपचारिक रूपमा उद्घाटन भएका नागरिक एप्सको दिगो, गुणस्तरीय एवं प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशनसमेत दिए ।

डिजिटल नेपाल फ्रेमवर्क र नागरिकि एप्स प्रविधिमार्फत देशैभरिका सबै सरकारी सेवालाई एकै ठाउँमा उपलब्ध गराउने कोसिस भइरहेको र प्रविधिको बढ्दो प्रयोगले विकासको व्यवस्थापन, सार्वजनिक सेवा, सूचना प्रवाह र सामाजिक अन्तरक्रियामा आधारभूत परिवर्तन आएको समेत ओलीले बताए ।

Your Opnion

//