विवाहको तयारी गरिरहेकी २८ वर्षीया सफ्टवेयर इन्जिनियरको कोरोनाका कारण मृत्यु ! - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
International

विवाहको तयारी गरिरहेकी २८ वर्षीया सफ्टवेयर इन्जिनियरको कोरोनाका कारण मृत्यु !

विवाहको तयारी गरिरहेको परिवारमा सफ्टवेयर इन्जिनियरको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । परिवारमा दुई छोरी रहेकोमा जेठी छोरीको बिहेको मिति तय भइसकेको थियो । तर, बिहेअघि नै कोरोना संक्रमणका कारण ती युवतीको निधन हुन पुग्यो ।

उनको निधनको दृश्य देख्ने छिमेकी तथा आफन्तहरु भावविह्वल भएका थिए । २८ वर्षीया ती युवतीलाई उनकी बहिनीले दागबत्ति दिएकी थिइन् । युवतीको परिवार कोलकत्तामा एक कोलोनीमा बस्दै आएको थियो ।

ठूली छोरी बैंकलोरको एक कम्पनीमा सफ्वेयर इन्जिनियर थिइन् भने कान्छी छोरी अध्यापन गर्थिन् । मृतक युवतीलाई ज्वरो आइरहेपछि उनलाई नजिकैको नेहरु नगर यशोदा अस्पतालमा भर्ना गरिएको थियो । भर्ना भएको ११ दिनपछि उनले अस्पतालमा अन्तिम सास लिइन् ।

पछिल्लो समय वर्क फ्रम होम गरिरहेकी ती युवतीका बुबा पूजारी हुन् । उनले आफूले छोरीलाई राम्रो शिक्षा दिएको र एकदिन आफ्नो नाम राख्ने सपना देखेको भए पनि भगवानले यो सबै स्वीकार नगरेको बताएका छन् ।

Your Opnion

//