इन्जिनियरिङ ग्रुप उयरले हात पार्यो ३६ मिलियन पाउण्ड ! - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
International

इन्जिनियरिङ ग्रुप उयरले हात पार्यो ३६ मिलियन पाउण्ड !

स्कटल्याण्डको इन्जिनियरिङ फर्म उयर ग्रुपले युक्रेनको फलाम प्रशोधन केन्द्रमा हुने उर्जा वचत प्रविधि आपूर्तिका लागि ३६ मिलियन पाउण्ड रकम हात पारेको छ । फिरेक्सोसँग भएको सम्झौताअनुसार उयर कम्पनीले फलामजन्य उपकरण वितरण अनुमती पाएसँगै सो रकम हात पारेको हो । सम्झौताअनुसार उयरले उक्त उपकरणको डिजाइन र निर्माण नेदरल्याण्डमा गर्नेछ ।

स्वीस कम्पनी फिरेक्स्पो संसारकै ठूलो फलाम वितरक कम्पनी हो । जसले स्टिल कम्पनीका लागि फलामका डल्लालगायत वस्तु वितरण गर्छ । उयरकाअनुसार उक्त उपकरणले परम्परागत माइनिङ प्रविधिको तुलनामा उर्जा खपत ४० प्रतिशतभन्दा बढीको दरले घटाउने छ ।

फिरेक्स्पोले युक्रेनमा उक्त उद्योग सञ्चालनबाट प्रतिवर्ष ३२ मिलियन टनदेखि ८० मिलियन टनभन्दा बढी फलामजन्य वस्तु उत्पादन गर्ने योजना बनाएको छ । फलाम उत्पादनमा संसारकै नेतृत्व लिएको उक्त कम्पनीसँग काम गर्दा खनिज उत्पादन र सञ्चालनलाई दिगो र उत्कृष्ट बनाउन उयर टेक्नोलोजीको प्रमुख भूमिका रहने उयर ग्रुपका कार्यकारी प्रमुख जोन स्टान्टनले बताएका छन् ।

ग्लास्गोस्थित उयरले गत वर्ष ३१४ मिलियन पाउण्डभन्दा बढीको तेल र ग्यास बिक्रि गरेको थियो । त्यसपछि उक्त ग्रुप पूर्वाधारसम्बन्धी वस्तु खनिज उत्पादनमा केन्द्रित भएको थियो ।

उयर ग्रुपमा दक्षिण अमेरिक, एसिया, अफ्रिकालगायत मुलुकबाट सबैभन्दा बढी फलामजन्य वस्तुको माग आउने गर्छ । –बीबीसी

Your Opnion

//