महामारीमा सबैभन्दा बढी प्रभावित महिला आर्किटेक्ट– अध्ययन - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Architect

महामारीमा सबैभन्दा बढी प्रभावित महिला आर्किटेक्ट– अध्ययन

विश्वब्यापी कोभिड–१९ महामारीमा सबैभन्दा बढी प्रभावित हुनेमा महिला आर्किटेक्ट रहेको हालै सार्वजनिक एक अध्ययनले देखाएको छ । बेलायतको गैरसरकारी विभाग ‘हर मेजेस्टी रिभेन्यु एण्ड कस्टुमर’ एचएमआरसीमा आधारित वुमेन्स बजेट ग्रुपले गरेको अध्ययनले सो तथ्य फेला पारेको हो ।

वुमेन्स बजेट ग्रुपले गत वर्षको महामारीमा मार्चदेखि अगष्ट महिनासम्म अनलाईन सर्वेक्षण गरेको थियो । उक्त अध्यननअनुसार करिब १ लाख ३३ हजारभन्दा बढी महिला आर्किटेक्टले जागिर गुमाएका थिए । जुन पुरुष सहकर्मीको तुलनामा ५२ प्रतिशतभन्दा बढी हो ।

यद्यपि, यस वर्षको सुरुवातमा ‘फ्रेम स्पेसियालिस्ट’ले गरेको थप अध्ययनले देखाएअनुसार जागिर गुमाउने महिला तथा पुरुष आर्किटेक्टबीच १२ प्रतिशतको फरक छ । जसअनुसार बेलायतमा मात्र ३५ प्रतिशत महिला आर्किटेक्टले जागिर गुमाएका छन् भने २३ प्रतिशत पुरुषले जागिर गुमाउनु परेको छ । जागिर गुमाएका कारण ६० प्रतिशतभन्दा बढीले मानसिक तनाव भोगिरहेका छन् ।

लैंगिक असन्तुलनका कारण पुरुष सहकर्मीको तुलनामा महिला आर्किटेक्ट बढी पिडित भएको फ्रेमका म्यानेजिङ डिरेक्टर विज्ञ मार्टिन बेनेलले बताएका छन् । ‘महामारीको समयमा पुरुष सहकर्मीको तुलनामा महिला आर्किटेक्टले आर्किटेक्चर उद्योगमा रोजगार पाउनु एकदम जटिल देखिएको छ’ उनले भनेका छन्, ‘जसको कारण अधिकांश महिलाले आफ्नो समय पारिवारिक जीवनमा विताउनु परेको छ । उनीहरुले आफ्नो करियरमा केन्द्रित हुन पाउनुको सट्टा घरको काम, बालबच्चा स्याहारमा बिताउनु परेको छ । बेरोजगार हुँदा उनीहरुले आफूलाई पिडित महसुस गरिहेका छन् । यस्ता विभिन्न कारणले उनीहरुको मानसिक तनाव पनि बढेको पाइयो ।’

युनिभर्सिटी अफ सेन्ट्रल ल्यानक्यासिरकी लेक्चरर डा. जेनी ब्यारेटले भनेकी छिन्, ‘तीन चरणको लकडाउन र वर्क फ्रम होमको अवधारणासँगै घरबाट गरिने लचिलो कामले महिलामा दोब्बर काम थपियो । एकातिर अफिसको काम, अर्कातिर घरको काम । हामीकहाँ अफिसमा पुरुषप्रधान संस्कृति छैन । तैपनि पुरुषहरु ठूला भूमिकामा बढी सक्रिय हुने हुँदा घरको काम र बालबच्चा हेरचाहको जिम्मा महिलाले नै लिन्छन् । त्यसैले पनि महामारीको समयमा महिला आर्किटेक्ट झनै पीडित भएका छन् ।’ –एजेन्सी

Your Opnion

//