विद्यार्थीको माग पुरा हुँदै, पोखरा विश्वविद्यायले अनलाइन परीक्षा लिने ! - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

विद्यार्थीको माग पुरा हुँदै, पोखरा विश्वविद्यायले अनलाइन परीक्षा लिने !

पोखरा विश्वविद्यालयले कोरोना (कोभिड–१९) महामारीका कारण रोकिएका परीक्षा अनलाईन प्रणालीबाट गर्ने तयारी थालेको छ । विश्वविद्यालयले परीक्षाको वैकल्पिक विधिबारे छलफल गरिरहेको छ ।

विश्वविद्यालय स्रोतका अनुसार केही समयपछि यसबारे ठोस निर्णय गर्ने तयारीमा विश्वविद्यालय जुटेको छ । स्रोतका इन्जिनियर्स पोस्टलाई भन्यो, ‘अनलाईन विधिबाट परीक्षा गर्नुपूर्व तयारी र प्रक्रियाको कुरा आउँछ । विद्यार्थी सहभागीत, विश्वसनीय र भरपर्दो परीक्षाका लागि हामी तयारीमा छौँ ।’

यसअघि विद्यार्थीहरुले अनलाइन कक्षा संचालन भएका कारण परीक्षा पनि अनलाइन माध्यमबाट हुनुपर्ने माग राखेका थिए । विद्यार्थीको दबाबपछि विश्वविद्यालयले अनलाइन परीक्षा गर्ने रणनीति तय गरेको हो ।

विश्वविद्यायले कोराना महामारीका कारण सरकारले गरेको निर्णयपछि १२ गते संचालनमा रहेका र बैशाख १५ गतेदेखि संचालन हुने मिति तोकिएका स्नातक तह अन्तिम वर्षको परीक्षा स्थगन गर्ने निर्णय गरेको थियो ।

Your Opnion

//