प्रख्यात आर्किटेक्ट विलियमको निधन– जसले बनाएका थिए यस्ता चर्चित डिजाइन - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Architect

प्रख्यात आर्किटेक्ट विलियमको निधन– जसले बनाएका थिए यस्ता चर्चित डिजाइन

अमेरिकामा प्रख्यात भवनहरुको डिजाइन गर्ने आर्किटेक्ट विलियम लुइको ९८ वर्षको उमेरमा निधन भएको छ । यही अप्रिल २१ मा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

दोस्रो विश्व युद्धको समयमा आर्मी एयर कप्र्सलाई सेवा गरेपछि लुइले सन् १९५२ मा युनिभर्सिटी अफ उटा स्कुल अफ आर्किटेक्चरबाट स्नातक तह पुरा गरेका थिए । स्नातक तह पुरा गरेपछि एसिया क्षेत्रबाट आर्किटेक्चरको सदस्यता प्राप्त गर्ने उनी पहिलो व्यक्ति थिए ।

अमेरिकामा आर्किटेक्टको लाइसेन्स प्राप्त गर्ने उनी पहिलो एसियाली एवम् अल्पसंख्यक नागरिक भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । उनले ४० वर्षसम्म द फर्म अफ स्कट, लुइ र ब्राउनिङमा काम गरेका छन् । आर्किटेक्ट पेशा सुरु गरेपछि उनले प्रगति स्वरुप अमेरिकन इन्स्टिच्युट अफ आर्किटेक्टबाट विभिन्न सम्मान तथा अवार्ड प्राप्त गरेका छन् ।

आ. लुइले भवन डिजाइन क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका छन् । सेन्ट अन्नाज क्याथोलिक चर्च, होलाडे व्रान्च लाइब्रेरी र टुले हाइ स्कुल अडिटोरियम, अन्तर्राष्ट्रिय शान्ति बगैंचाको रुपमा चिनिने चाइनिज गार्डेन उनले डिजाइन गरेका प्रख्यात भवनहरु हुन् ।

दोस्रो विश्व युद्धको समयमा आ. लुइ ‘पायोनियर मुस्ताङ ग्रुप’का ३५४ औ सदस्य थिए । आर्मीबाट सेवा निबृत्त भएपछि उनले डिजाइन र पेन्टिङ बनाउन सुरु गरेका थिए । –एजेन्सी

Your Opnion

//