यसरी गरौँ ‘अनलाइन भोटिङ’ मार्फत नेईएको निर्वाचन - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Nea election

यसरी गरौँ ‘अनलाइन भोटिङ’ मार्फत नेईएको निर्वाचन

  • ई. सत्य नारायण शाहApril 27, 2021

नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) र नेपाल इन्जिनियरिङ परिषद्को कानुनी प्रावधान अनुरुप यही बैशाख २४ गते हुन लागेको निर्वाचन हाल फैलदै गरेको कोभिड–१९ (कोरोना) महामारीका स्थगित गरिएको छ । वैधानिक कारणले निर्वाचन धेरै अवधिसम्म टार्न संस्थाको हित विपरित हुने हुँदा उपयुक्त समयमै निर्वाचन गराउन अपरिहार्य छ । अर्कोतर्फ यो महामारी कहिलेसम्म रहिरहने हो त्यसको आँकलन गर्ने कुरा असम्भव जस्तै देखिन्छ । तसर्थ विकल्पको माध्यमबाट निर्वाचन गराई नयाँ नेईए कार्य समिति गठन र परिषद्का सदस्यहरुको चयन हुन अत्यन्तै जरुरी छ ।

यस्तो अवस्थामा वैकल्पिक रुपमा ‘अनलाइन निर्वाचन’ एउटा उत्तम विकल्प हुनसक्छ । नेपाल भित्रकै आइसीटी इन्जिनियरमा पूर्ण सुरक्षा र रक्षाका साथ उपयुक्त सफ्टवेयर निर्माण गर्ने विज्ञता हासिल भइसकेको छ । नेईए निर्वाचन समिति पूर्ण सक्रियता र अग्रसरताका साथ यसतर्फ लाग्नुपर्छ । साथै, उपयुक्त स्रोत, साधन र कानुनी व्ययवस्था मिलाउने जिम्मा नेईएले लिनुपर्छ ।

छलफलका लागि अनलाइन निर्वाचनको विकल्पका लागि मैले केही बुँदाहरु पेश गरेको छुः
१. सबै सदस्यले अनलाइन भोटिङका लागि ‘सेल्फ रजिष्ट्रेसन’ गर्नुपर्ने ।
२. सदस्यता संख्या, इमेल र फोन नम्बरलाईबेजोड बनाउँदै रजिष्ट्रेसन गर्ने ।
३. नाम र सदस्यता नम्बर मेल खानुपर्ने ।
४. ‘ओटिपी’ को आधारमा भोटिङ गर्न पाउनुपर्ने ।
५. जुन–जुन पदमा भोट कास्ट गरिएको हुन्छ, त्यसको आटिपी इस्यू नहुने तर, ‘कास्ट’ नगरिएका पदहरुका लागि ओटिपी इस्यू हुन सक्ने व्यवस्था गर्ने अथवा भोटिङ गर्ने विन्डो मा ‘कास्ट’ भइसकेका पदहरु डिस्प्ले नहुने ।
६. ओटिपी इमेल र फोनमा इस्यू हुने ।
७. भोटिङ ७ दिनसम्म खुल्ला गर्ने र
८. कुनै सदस्यले सबै पदका लागि भोटिङ कास्ट गरिसकेकोमा उसको नाममा ओटिपी इस्यू नहुने ।
९. सिस्टममा उच्चस्तरिय सुरक्षासहितको प्रावधान राख्ने ।
१०. सुरक्षा सीमालाई कसैले तोड्न नसक्ने किसिमको व्यवस्था गर्ने ।

माथिका, बुँदाहरु छलफलको आरम्भको लागि प्रस्तुत गरेको छु । छलफल गर्दा यो भन्दा उत्तम प्रावधानका साथ विज्ञहरुले समाधान दिन सक्छन भन्ने मेरो विश्वास छ । मेरो आशय यसतर्फ ध्यानाकर्षण गराउने मात्र हो, जसबाट समयमै निर्वाचन सम्पन्न गराई भएको कानुनी ब्यवस्था अनुरुप हाम्रा संस्थाहरुको संगठानात्मक व्यवस्था सुचारु रहोस् । धन्यवाद !

(शाह नेपाल इन्जिनियरिङ परिषद्का पूर्व अध्यक्ष हुन्)

Your Opnion

//