काम गर्ने इन्जिनियरिङ सर्जक, नाम पाउने नेता !, यसरी देश बन्दैन - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Engineering

काम गर्ने इन्जिनियरिङ सर्जक, नाम पाउने नेता !, यसरी देश बन्दैन

  • ई. भीम उपाध्यायApril 25, 2021

विकासित देशहरुमा चमत्कारिक स्मारक वा भौतिक पूर्वाधार वा संरचना हेर्न जानेहरुको पहिलो प्रश्न हुने गर्छ, यसको डिजाइन कसले गरेको थियो ? यसको निर्माण कसले गरेको थियो ? त्यहाँ कसले शिलान्यास गर्यो, कसले उद्घाटन गर्यो भन्ने कुराको कुनै मतलब हुँदैन, गर्दैनन् ।

हाम्रो जस्तो देशमा जसले सिन्को भाँचेको छैन, उसले बनायो भनिन्छ । शिलान्यास र उद्घाटनको शिलापत्रमा उसको मात्र नाम राखिन्छ, जसको इन्जिनियरिङ इतिहासमा कुनै अर्थ हुँदैन, कुनै भूमिका हुँदैन ।

यो नै अविकसित र उन्नत देश, जनता वा समाजबीचमा हुने भिन्नता हो । त्योभन्दा अझ सवा एक्काइस शताब्दीमा नेपाली जनताहरू कतिसम्म उल्लु बनाइएका छन्, ग्वाँच बनेका छन् भन्ने प्रमाण पनि हो । कसले डिजाइन गर्यो होला, कसले निर्माण गर्यो होला भन्ने जिज्ञासा नै नआउने मन्द बुद्धिका युवाहरूको जमात बढ्दै जानु देशका लागि अभिशाप हो । कर्मयोगीको सम्मान गर्न नजानेको समाज विलिन हुँदै जान्छ ।

विकशित मुलुकहरूमा बनेका महत्वपूर्ण संरचना हेर्न म जहाँजहाँ पुगेको छु, सर्जकको नाम ठूला–सुनौला अक्षरमा लेखेको भेटेको हुन्छु । उदाहरणका लागि, न्यूयोर्कको म्यानहेटेनस्थित ब्रुकलिन ब्रिजमा राखिएको प्लेटमा डिजाइनर र निर्माणकर्ताको नाम छ ।

म आफै स्थानीय विकास, डोलिडारमा करिब ८ वर्षअघि डिजी हुँदा देशभरिका झोलुंगे पुलहरूका शिलापत्रमा डिजाइर, निर्माणकर्ता र सुपरिवेक्षक प्राविधिकहरूको नाम लेख्ने नीति लागू गरेको थिएँ । त्यसयता बनेका सबैजसो झोलुंगे पुलमा डिजाइनर, प्राविधिज्ञको नाम उल्लेख गरिँदै आएको छ ।

इन्जिनियर फरक सर्जक हो
आफूले गर्न नसके नेताहरूले विपक्षलाई दोष दिएर उम्कन्छन्, सकियो । आफ्नो पक्षकाको मुद्दामा हार भए वकिलले न्यायाधीशलाई दोष दिएर उम्कन्छन्, कुरा सकियो । रोगी मरे डाक्टरले भगवानलाई दोष दिएर उम्कन्छन्, खरानी बनेपछि सकियो ।

तर इन्जिनियरले आफूले बनाएको संरचनामा उसले कसैलाई दोष दिएर उम्कन सक्दैन । बनेको संरचना सयौँ वर्ष टिक्ने र कैयन पुस्ताले हेर्ने, उपयोग गर्ने भएकाले मरेर खरानी भए पनि ऊ आफ्नो दोषबाट उम्कन सक्दैन ।

नेपालमा बनेका ऐतिहासिक वा आधुनिक प्रसिद्ध भौतिक संरचना वा स्मारकको डिजाइन र निर्माण नेतृत्व गर्ने इन्जिनियरहरूमध्ये कृष्ण नरसिंह राणा, कुमार नरसिंह राणा, डिल्लीजंग थापा, हलदयाल सिंह मनोहर सिंह, शंकरनाथ रिमाल, विष्णु पन्थीको नाम अग्रणीमा गनिन्छ ।

इन्जिनियरिङ सर्जकहरूलाई ओझेलमा पारिएको देश विकसित बन्नै सक्दैन । अहिलेको नयाँ धरहराको डिजाइनर को हुन् थाहा छ ? उनी यो प्रोजेक्टको कन्सल्यान्ट प्रिन्सिपल, टिम लिडर वरिष्ठ आर्किटेक्ट इन्जिनियर, विष्णु पन्थी हुन् ।

पन्थीजीलाई बधाई छ, तपाईंको रचनाले मूर्तरूप पाएकोमा । हामी तपाईंलाई आधुनिक धरहराको सर्जक भनेर चिन्न पाएकोमा गर्व छ । सरकारले उनलाई जनतासामू चिनाएन । उद्घाटनको दिनसमेत उनको कामको सम्मान भएन । तर, हामी उनको सम्मा गर्छौँ । अब जनता धेरै उल्लु हुनु भएन । निर्माता र सर्जकलाई चिन्नु पर्यो । लोक सेवाको परीक्षाको नयाँ धरहरा कसले बनायो भनेर गलत मान्छेको नाम घोक्नु त पर्ला तर, तपाईंको मनको परीक्षामा सधै विष्णु पन्थीको नाम रहिरहोस् ।

Your Opnion

//