नेईए निर्वाचन रोक्ने निर्णय मान्य छैन– पिन - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Nea election

नेईए निर्वाचन रोक्ने निर्णय मान्य छैन– पिन

नेपाल इन्जिनियर्स एसोसियसन (नेईए) ले निर्वाचन स्थगन गरेको प्रति प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियएसन नेपाल (पिन)को गम्भीर ध्यानाकर्षण भएको छ । नेईएको ‘निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगन गर्ने’ भन्ने निर्णय षड्यन्त्रमुलक र खेदजनक भएको भन्दै पिनको ध्यानाकर्षण भएको हो ।

‘नेईए कार्यकारिणी समितिले पटकपटक निर्वाचन कार्यक्रममा हस्तक्षेप गरिरहेको र निर्वाचनलाई प्रभावित पार्ने दुष्प्रयन्त भइरहेको पृष्ठभूमिमा मिति २०७८/०१/०९ गते ‘निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगन गर्ने’ नेईएको निर्णय भएको भन्ने सूचना षड्यन्त्रमुलक र खेदजनक छ,’ पिनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै लेखेको छ, ‘निर्वाचनका लागि सम्पूर्ण प्रक्रिया प्रारम्भ भइसकेपछि नेईए कार्यकारिणी समिति कामचलाउ मात्र भइसकेको अवस्थामा निर्वाचनलाई स्थगन नै गर्ने जस्तो संगीन निर्णय हुनु अलोकतान्त्रिक र निरंकुश प्रवृति हो ।’

लोकतान्त्रिक मान्यता बोकेको नेईएले आफ्नो गरिमालाई क्षति पुग्ने गरी आ–आफ्ना स्वार्थअनुकूल परिस्थितिको अपब्याख्या गरी विधिभन्दा बाहिर गई निर्वाचन स्थगन गर्नुले समग्र इन्जिनियरलाई गम्भीर चोट पुगेको पिनको विज्ञप्तिमा उल्लेख छ ।

अझै केही ढिला नभएको भन्दै पिनका अध्यक्ष इन्जिनियर शम्भुबहादुर श्रेष्ठद्वारा जारी विज्ञप्तिमार्फत नेईएलाई निर्वाचनको प्रक्रिया तुरुन्त सुचारु गर्न माग गरिएको छ ।

Your Opnion

//