नेईए निर्वाचनः अर्को निर्वाचनमा हालकै उम्मेदवारी कायम हुन्छ कि हुँदैन ? - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Main News

नेईए निर्वाचनः अर्को निर्वाचनमा हालकै उम्मेदवारी कायम हुन्छ कि हुँदैन ?

नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) को बैशाख २४ गते हुने निर्वाचन कोभिड–१९ संक्रमणका कारण स्थगित भयो । संक्रमणको अवस्थालाई हेरेर अर्को निर्वाचन मिति तय हुने भएकाले हाललाई यस सम्बन्धमा कुनै निर्णय गरिएको छैन ।

साथै, हालको उम्मेदवारी कायम हुने वा नहुने भन्ने विषयमा पनि कुनै निर्णय भएको छैन । यस विषयमा स्टेक होल्डर र निर्वाचन समिति बसेर निर्णय गर्ने नेईएका महासचिव ई. छविराज पोख्रेलले जानकारी दिए । हाल उम्मेदवारी कायम गर्दा निर्वाचन कहिले हुने भन्ने निश्चित नभएकाले यस विषयमा स्टेक होल्डरसँग छलफल गरेर मात्र निर्णय लिइने उनले बताए ।

साथै, अर्को निर्वाचनमा नयाँ उम्मेदवारी कायम गरेर जाने अवस्था आएमा हाल उम्मेदवारी दिएका उम्मेदवारले उम्मेदवारीका लागि थप दर्ता शुल्क तिर्नु नपर्नेसमेत उनले बताए । इन्जिनियर्स पोस्टसँग पोख्रेलले भने, ‘उम्मेदवारी बदर भएका साथीहरुको हकमा पुनः दर्ता गर्नुपर्ने भएकाले शुल्क पनि थप लाग्छ तर, सदर भएका उम्मेदवारले फेरि पैसा तिरेर उम्मेदवारी दर्ता गर्नु पर्दैन ।

अर्को निर्वाचन मिति तोक्ने विषयमा उनले अहिल्यै केही भन्ने अवस्था नरहेको बताए । भने, ‘अवस्था सामान्य भयो भने जेठ–असारमा पनि हुन सक्छ । यदि अवस्था बिग्रियो भने मंसिरमा पनि हुन सक्छ । अब हामी फेरि निर्वाचन मिति तोकेर निर्वाचन सार्ने पक्षमा छैनौँ । त्यसैले, सोच–विचार गरेर मात्र मिति तय हुन्छ ।’

लोकतान्त्रिक इन्जिनियर दुई खेमामा भएको, प्रगतिशील पक्षबीच उम्मेदवारी विवाद रहेको अवस्थामा हालकै उम्मेदवारी कायम हुने सम्भावना कम छ । अर्को निर्वाचनमा उम्मेदवारी हेरफेर र फिर्ताका लागि केही दिनको समय दिनेगरी निर्णय हुने सम्भावना समेत छ ।

Your Opnion

//