सर्यो बैशाख २४ को इन्जिनियरको निर्वाचन (विज्ञप्तिसहित) - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Nea election

सर्यो बैशाख २४ को इन्जिनियरको निर्वाचन (विज्ञप्तिसहित)

नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) को ३३ औँ कार्य समितिको बैशाख २४ गतेका लागि तोकिएको निर्वाचन सरेको छ ।

पछिल्लो समय देशमा कोभिड–१९ संक्रमण बढ्दै गइरहेको भन्दै नेईए कार्य समितिले निर्वाचन सार्ने निर्णय गरेको हो ।

नेईएका अध्यक्ष ई. प्रा.डा. त्रिरत्न बज्राचार्य र महासचिव ई. छविराज पोख्रेलद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ को दोस्रो लहरको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारको मन्त्रिपरिषद्को बैशाख ६ गतेको निर्णय बमोजिम अर्को सूचना जारी नहुञ्जेल निर्वाचनको सबै प्रक्रिया स्थगन गरिएको छ ।’

नेईएले निर्वाचन सारेको प्रति क्षमा माग्दै भनेको छ, ‘निर्वाचनको आगामी तिथी तथा अन्य प्रक्रिया र विधिको बारेमा यथाशीघ्र निर्वाचन समिति तथा सरोकारवाला पक्षहरुसँगको राय तथा सुझावका आधारमा निर्णय गरी जानकारी गराउने व्यहोरा सूचित गरिन्छ ।’

Your Opnion

//