नेईए निर्वाचनः उम्मेदवारलाई कोरोना संक्रमण, निर्वाचनको प्रचार शैली परिवर्तन गर्न आग्रह - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Nea election

नेईए निर्वाचनः उम्मेदवारलाई कोरोना संक्रमण, निर्वाचनको प्रचार शैली परिवर्तन गर्न आग्रह

नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) निर्वाचनका उम्मेदवारमा कोभिड–१९ (कोरोना) संक्रमण देखिएको छ । केन्द्रीय कार्य समितिका ती उम्मेदवारमा बुधबार संक्रमण पुष्टि भएको हो ।

इन्जिनियर्स पोस्टसँग कुरा गर्दै केन्द्रीय सदस्यका ती उम्मेदवारले आफूलाई आइतबारदेखि टाउको दुखेको र विस्तारै रुघा पनि लाग्न थालेपछि बुधबार पीसीआर गराउँदा संक्रमण देखिएको जानकरी दिए । उनी हाल होम आइसोलेसनमा बसिरहेका छन् ।

उनले भने, ‘टाउको दुखेपछि म खासै बाहिर निस्किएको थिइन । क्याम्पियनमा पनि सहभागी भइन । सायद बजारबाट सरेको हुनुपर्छ ।’

पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएकाले चुनावी प्रचारको शैलीलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । भन्छन्, ‘कोरोना उम्मेदवारलाई पनि हुन सक्छ र मतदातालाई पनि हुन सक्छ । त्यसैले, चुनावी प्रचारको शैली परिवर्तन गरेर सबै सचेत हुनुपर्छ ।’

उनले अब डिजिटल माध्यमबाट प्रचार अभियान चलाउनुपर्ने समेत बताए । भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा आफ्नो स्वास्थ्य हो । त्यसैले, प्रचारको क्रममा सबै सचेत बनौँ र मतदान प्रक्रियालाई पनि व्यवस्थित बनाएर लगौँ ।’ उनले आफ्नो स्वास्थ्यमा त्यस्तो जटिल समस्या भने नदेखिएको जानकारी दिए ।

Your Opnion

//