इन्जिनियरको निर्वाचन नेपाल सरकारको निर्णय हेरेर हुन्छः सहायक सीडीओ - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Nea election

इन्जिनियरको निर्वाचन नेपाल सरकारको निर्णय हेरेर हुन्छः सहायक सीडीओ

सहायक सीडीओ कल्पना घिमिरे नेपालले नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) लाई निर्वाचन गर्न दिने किन नदिने भन्ने विषयमा आफूहरु छलफलमा रहेको बताएकी छन् ।

बुधबार इन्जिनियर्स पोस्टसँग कुरा गर्दै उनले करिब २१ हजार मतदाता रहेको नेईए निर्वाचनको विषयमा एक–दुई दिनमा देशको परिस्थिति हेरेर निर्णय गर्ने बताएकी हुन् ।

नेईएले पत्र लेखेर जिल्ला प्रशासन कार्यालयमा निर्वाचन गर्ने कि नगर्ने भनेर सोधेको छ । सरकारले २५ जनाभन्दा धेरै भेला हुन नदिने निर्णय गरेसँगै हजारौँको सहभागीता रहने निर्वाचन गर्ने कि नगर्ने भन्ने विषयमा जिप्रकाको निर्देशन माग गरेको हो ।

यस विषयमा इन्जिनियर्स पोस्टसँग सहायक सीडीओले भनिन्, ‘अझै एक–दुई दिनमा परिस्थिति कस्तो हुन्छ हेरौँ । त्यसपछि हामीले नेपाल सरकारको निर्णयअनुसार के गर्ने भन्ने निर्णय दिनेछौँ ।’

बैशाख २४ गतेका लागि ताकिएको निर्वाचनमा भाग लिएका उम्मेदवार यतिबेला चुनावी अभियानमा छन् । केही उम्मेदवार अभियानकै क्रममा काठमाडौंबाहिर गएका छन् भने केही जो क्रममा छन् । तर, निर्वाचन हुने कि नहुने भन्ने विषय अझै टुंगो लाग्न सकेको छैन ।

निर्वाचनको विषयमा छलफल गर्न बिहीबार नेईए कार्य समितिको बैठकसमेत बस्दैछ ।

Your Opnion

//