इन्जिनियरको निर्वाचन सरे अर्को निर्वाचनमा हालकै उम्मेदवारी कायम हुने सम्भावना ! - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Nea election

इन्जिनियरको निर्वाचन सरे अर्को निर्वाचनमा हालकै उम्मेदवारी कायम हुने सम्भावना !

नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) को बैशाख २४ गतेका लागि तोकिएको निर्वाचन हुने वा नहुने भन्ने विषय अझै अन्यौलमा छ । सम्भवतः बुधबार बस्ने नेईए पदाधिकारीको बैठकले यस विषयमा कुनै निर्णय गर्नेछ ।

कोभिड–१९ (कोरोना) संक्रमण बढ्दै गइरहेको अवस्थामा निर्वाचन सार्ने पक्षमा नेईए पदाधिकारी छन् । निर्वाचन समिति भने सबै तयारी पुरा भइसकेको अवस्थामा निर्वाचन सार्न नुहने मनसायमा छ । तर, निर्वाचन सार्ने–नसार्ने भन्ने अन्तिम निर्णय नेईए कार्य समितिले नै गर्नेछ । अहिलेको परिस्थितिमा कोरोनालाई कारण मानेर निर्वाचन सार्दा निर्वाचन समितिले समेत विमत्ति जनाउने अवस्था छैन ।

हाल दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गइरहेकाले निर्वाचन सार्ने नेईएको निर्णयमा इन्जिनियरिङ संगठनले विरोध गर्ने अवस्था पनि छैन । किन कि यस्तो अवस्थामा प्रचार–प्रसार गर्न समस्या त छँदैछ मतदाता पनि सहभागी नहुने अवस्था छ । २१ हजारभन्दा बढी मतदाता रहेको नेईए निर्वाचनमा अहिलेको अवस्थामा ५ हजार मतदाता पनि सहभागी हुने अवस्था नरहेमा निर्वाचन गर्नका लागि मात्र गरेको जस्तो हुने बुझाई नेईएको छ ।

हालकै उम्मेदवारी कायम
यदि निर्वाचन सरेको अवस्थामा हालकै उम्मेदवारी कायम हुनेगरी सार्ने निर्वाचन समितिका सदस्यहरु बताउँछन् । एक सदस्यले इन्जिनियर्स पोस्टसँग भने, ‘कोरोनाका कारण निर्वाचन सारौँ भन्ने प्रस्ताव आयो भने हुँदैन भन्ने अवस्थामा अहिले कोही छैन । तर, निर्वाचनको सबै प्रक्रिया पुरा भइसकेको अवस्थामा हालकै उम्मेदवारी कायम भएर निर्वाचन हुन्छ ।’

हालको उम्मेदवारी कायम हुने पक्षमा पनि प्राय इन्जिनियरिङ संगठन सकारात्मक छन् । इन्जिनियर्स पोस्टले बुझ्दा केही भने केही दिनको समय तोकेर उम्मेदवारी हेरफेर गर्न दिनुपर्ने पक्षमा छन् ।

बुधबार नेईए कार्य समितिको बैठकमा कस्तो समझदारी हुन्छ, त्यसपछि स्टेक होल्डरहरुको बैठक बसेर फेरि नेईएले निर्वाचनको विषयमा निर्णय गर्नेछ । स्टेक होल्डरहरु पनि कोरोनाका कारण निर्वाचन सार्ने प्रस्तावमा सकारात्मक छन् । तर, हालको उम्मेदवारी कायम हुने वा के गर्ने भन्ने विषयमा स्टेक होल्डरसँग छलफल गरेर निर्णय गरिने नेईए स्रोत बताउँछ ।

एक पदाधिकारीले इन्जिनियर्स पोस्टसँग भने, ‘हालको उम्मेदवारी कायम हुने पक्षमा सबै सकारात्मक छौँ । तर, अब सरेको निर्वाचन फेरि कहिले हुने भन्ने विषय अनिश्चित भएकाले एक पटक उम्मेदवारी सच्याउने अवसर दिनुपर्छ भन्ने धेरैको धारणा छ ।’ यस विषयमा स्टेक होल्डरहरुको सहमति नै अन्तिम हुने उनले बताए ।

Your Opnion

//